Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल पठाएको ५६० थान सिलिण्डरमा क्लाउड क्रस ट्राभल्स एण्ड टुर्सको ५० हजार वरावरको दुई सिलिण्डर सहयोग

नेपाल पठाएको ५६० थान सिलिण्डरमा क्लाउड क्रस ट्राभल्स एण्ड टुर्सको ५० हजार वरावरको दुई सिलिण्डर सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • २२:१०:२७ बजे
  • 733
    SHARES
  • नेपाल पठाएको ५६० थान  सिलिण्डरमा क्लाउड क्रस ट्राभल्स एण्ड टुर्सको ५० हजार वरावरको  दुई सिलिण्डर सहयोग

    पोखरा - लामो समय देखि ओमनामा व्यवसाय गर्दै आएका क्लाउड क्रस ट्राभल्स एण्ड टुर्सले २ सिलिण्डर सहयोग गरेका छन । ट्राभल्सका प्रवन्धक निर्देशक मुन्ना वावु परियारले नेपाली ५० हजार बरावरको दुई ग्यास सिकिण्डर सहयोग गरेका हुन । परियार जन्मभुमीमा आपत पर्दा टढा रहेर पनि सहयोग गर्न पाउनु सौभाग्य प्राप्त भएको बताएका छन ।

    images

    ओमानको मस्कटबाट गैरआवासीयले पठाएको ५६० थान अक्सिजन सिलिण्डरलाई नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ल्याएको छ ।

    गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले काठमाडौँ ल्याएको हो ।

    नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरुले खरिद गरेका ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने यी सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

    मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

    कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको अध्यक्ष कुमार पन्त बताए ।

    संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको उनले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology