Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा सुवेदी नेतृत्व टिमको चुनावी अभियान तिव्र

गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा सुवेदी नेतृत्व टिमको चुनावी अभियान तिव्र

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १०:२०:४३ बजे
  • 2.0K
    SHARES
  • गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा सुवेदी नेतृत्व टिमको चुनावी अभियान तिव्र

    गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनमा बुद्धिसागर सुवेदी नेतृत्व टिमको चुनावी अभियान तिव्र बनाएको छ ।

    images

    टेनिसी राज्यमा भएको एक चुनावी कार्यक्रममा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीले नेपाल र नेपालीलाई जोड्ने काम एनआरएनले गर्नुपर्ने विचार व्यक्त गरेका छन । त्यसै गरी उनले अमेरिका भरिका नेपालीहरुलाई पनि उत्तिकै कसिलो ढंगले एकताको सूत्रमा बाँध्नुपर्ने कुरामा जोड दिएका हुन ।

    सुवेदीले नेपालमा गैरआवासीय नेपालीलाई दोहोरो कर लाग्न नहुने ग्यारेन्टी गरिनुपर्ने,बर्थप्लेस नेपाल भनेर पासपोर्टमा लेखिएकाहरु नेपाल जाँदा टुरिस्ट भिसा लगाउने व्यवस्था हटाउनका लागि पहल गरिनुपर्ने,गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो । ‘हामी नेपालमा जन्मिएकाहरुको नेपाली नागरिकताले सधैं मान्यता पाउनुपर्छ र दोस्रो पुस्ताले गैरआवासीय नेपाली नागरिकता पाउनुपर्छ,’ उनले भने । 

    अघिल्लो वर्षमात्रै ९ हजार सदस्य रहेको एनआरएन अमेरिकामा २० हजार सदस्य जोडिन सकेको जानकारी पनि अध्यक्षका उम्मेदवार सुवेदीले दिए । तर अझै धेरैलाई संस्थामा जोड्ने र नेपालीहरुको शिर उचो बनाउने काम गर्ने उनले बताए ।

    186382597_498599424523276_1437580350351377380_n.jpg

    वरिष्ठ उपाध्यक्षका उम्मेदवार बिआर लामाले संस्थालाई अझ बढी पारदर्शी बनाएर अघि लैजानुपर्नेमा जोड दिए । सुवेदी नेतृत्वको टिम नै सक्षम र योग्य ठानेर आफू यो टिमसँग आवद्ध भएको उनले सुनाए । महिला उपाध्यक्ष उम्मेदवार क्रान्ति अर्याल भण्डारी जहाँ बसे पनि नेपाल नै प्रिय रहेको विचार व्यक्त गरिन् । उनले महिला सहभागितामा जोड दिइन् ।

    उपाध्यक्षका उम्मेदवार सुमन थापाले जीवनमा आफूले हासिल गरेका अनुभवलाई एनआरएनका लागि समर्पित गर्ने प्रतिबद्धता जनाए । उपाध्यक्षकै अर्का उम्मेदवार डिलुराम पराजुलीले अध्यक्षका उम्मेदवार सुवेदीका एजेन्डालाई कार्यान्वयन गर्ने लक्ष्यसहित उम्मेदवार बनेको सुनाए । 

    उपाध्यक्षकै अर्का उम्मेदवार गोपेन्द्र भट्टराईले एनआरएन निकै ठूलो संस्था भएको हुँदा यसको प्रभावकारिता पनि ठूलो बनाउने आफूहरुको प्रयास रहने बताए । उपाध्यक्ष उम्मेदवार रामहरि अधिकारीले एनआरएनमा अरु पदहरुमा रहेर पनि काम गरेको अनुभव भएकैले उपाध्यक्षमा रहेर अझै योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । एनआरएनका च्याप्टरलाई अझै बलियो बनाएर धेरै काम गर्न सकिने उनको विचार थियो । 

    महासचिवका उम्मेदवार अन्जनकुमार चौलागाईंले सुवेदीको नेतृत्वमा एनआरएनलाई अझै बलियो संस्था बनाएर लैजान सकिने विश्वास व्यक्त गरे । महिला सचिवकी उम्मेदवार तारा ढकाल मरहट्टाले मानिस सामाजिक प्राणी भएको हुँदा नै सामाजिक काममा लाग्नुपर्ने बताइन् । 

    सचिवका उम्मेदवार अनुप खनालले सबैको साथ र सहयोग लिएर नेपाल र नेपालीका लागि काम गर्ने बचनबद्धता जनाए । रकेट साइन्टिस्टसमेत भनेर चिनिने कोषाध्यक्ष उम्मेदवार राजीव श्रेष्ठले संस्थालाई पारदर्शी बनाएर लैजाने बताए । 

    युवा वैज्ञानिक डा यादव पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष पदका उम्मेदवार अग्नि ढकाल, महिला कोअर्डिनेटर पदकी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजक पदका उम्मेदवार त्रिभुवन पाण्डे, बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार डा प्रकाश श्रेष्ठ, बोर्ड अफ डाइरेक्टरका उम्मेदवार विशाल राना, टेनिसी च्याप्टरकी महिला संयोजक अरुणा खड्का, कार्यकारी सदस्य नारायण भुसाल लगायतको उपस्थिति थियो ।

    कार्यक्रमको अध्यक्षता डा भरत पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य डा घनश्याम भट्टले राखेका थिए । निर्विरोध निर्वाचित टेनिसी च्याप्टर अध्यक्ष डा सन्तोष काजी थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # गैर आवासीय नेपाली संघ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology