४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले विदेश विभाग पुर्नगठन तथा बिस्तार गरेको छ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यता र पार्टीका प्रवास समन्वय कमिटीका अध्यक्ष युवराजचौलागाईँको अध्यक्षतामा मा सम्पन्न भर्चुअल बैठकले पुर्नगठित जनप्रगतीशील मन्चको मध्यपूर्व क्षत्रिय संयोजकमा कतारका शनिकुमार वली र युएईका हरि नेपालीलाई सचिवमा चयन गरेको हो ।
त्यसैगरी मध्यपूर्व क्षेत्रिय समितिको सदस्यहरुमा प्रेम कुमार बिक कतार, जैबी राई कतार, निर्मल शाही साउदी अरब, पदम अर्यालओमान, जीवन श्रेष्ठ बहराइन रहेका छन् । साथै मध्यपूर्वका सबै अध्यक्षहरु क्षेत्रिय समितिको पदेन सदस्य रहने बताइएको छ ।
त्यसैगरी एशिया प्यासेफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र मलेशियामा रहेका रमेश तिवारीलाई सचिवमा चयन गरेको छ ।
त्यसैगरी मध्यपूर्वका देशहरुमा अध्यक्ष र सचिवको पनि चयन गरिएको छ । प्रवास समन्वय कमिटीका अध्यक्ष चौलागाईँका अनुसारकतारको अध्यक्षमा रकमध्वज राई र सचिवमा मोहन कार्की, युएईको अध्यक्षमा बाबुराम विश्वकर्मा र सचिवमा रबिरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिवराज जैशी र सचिवमा रामचन्द्र वाग्ले, ओमानको अध्यक्षमा उमेश विक र सचिवमा पुर्ण विक, बहराइनकोअध्यक्षमा युवराज केसी र सचिवमा कमल घिमीरे, कुवेतको अध्यक्षमा मन बहादुर भुजेल (मनु मगर) र सचिवमा राजन श्रेष्ठ रहेका छन्भने इजरायलको अध्यक्ष अनिरुद्र शर्मा र सचिवमा दिपेन गुरुङ रहेका छन् ।
मध्यपुर्व क्षेत्रिय समन्वय समितीका अध्यक्षमा चयन भएका शनि कुमार वलि जनयुद्दमा सहभागी भई लामो समय रुकुम,रोल्पा म्याग्दी बाग्लुंगका भुगोलमा काम गरेका नेता हुन यसकारण पनि अब मध्यपुर्वमा संगठन अझै शसक्त हुने बिश्वास गरिएको छ।