Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरियामा नेपाली युवकद्वारा झु'ण्डिए'र आ'त्मह'त्या,जुन ४ मा नेपाल फर्किने तयारीमा थिए श्रेष्ठ

कोरियामा नेपाली युवकद्वारा झु'ण्डिए'र आ'त्मह'त्या,जुन ४ मा नेपाल फर्किने तयारीमा थिए श्रेष्ठ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • ११:२०:४४ बजे
  • 2.0K
    SHARES
  • कोरियामा नेपाली युवकद्वारा झु'ण्डिए'र आ'त्मह'त्या,जुन ४ मा नेपाल फर्किने तयारीमा थिए श्रेष्ठ

    रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँ'टी'मा पासो लगाई आ'त्मह'त्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका छन् ।

    images

    मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् । उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी इभिनिङ वाकका लागि निस्केका थिए । उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए ।

    इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झु'ण्डि'एको अवस्थामा भेटेका थिए । विष्णुलाई झु'ण्डि'एको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको श'व हाल अस्पतालमै राखिएको छ ।

    घटनापछि नेपाली राजदूतावास सउल र मृ'तकका घरमा पनि खबर गरिएको छ । मृ'तककी श्रीमती, एक छोरी र बुबाआमा हुनुहुन्छ । श्रेष्ठ विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन)मा परी औषधि खाइरहेका थिए ।

    उनी आफ्नो औषधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology