Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा दुई युवाले कोरोना भाइरसलाई जितेर घर फर्किए

म्याग्दीमा दुई युवाले कोरोना भाइरसलाई जितेर घर फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • १५:४६:३५ बजे
  • 2.3K
    SHARES
  • म्याग्दीमा दुई युवाले कोरोना भाइरसलाई जितेर घर फर्किए

    मयूरपाटी - म्याग्दी बेनिको आइसोलेसनमा उपचाररत चार जना कोरोना भाइरस (कोभिड -१९) संक्रमित मध्य दुई जना युवाले काेराेनालाई जितेर घर फर्किएका छन् ।

    images

    कोरोना भाइरसलाई जितेर घर फर्किनेमा मालिका गाउँपालिका ४ का  ३० वर्षिय टीक वहादुर पुन मगर र मंगला गाउँपालिका ४ का १९ वर्षिय  बविन परियार हुन । उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि शनिबार आइसोलेसनबाट बिदाइ गरिएको हो ।

    कोरोना भाइरसबाट निको हुने दुई युवालाई प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, बेनि अस्पतालका अध्यक्ष बेल बहादुर कटुवाल लगाएतले खादा लगाएर बिदाई गरेका हुन । अहिले आइसोलेसनमा २ जना कोरोना संक्रमित उपचाररत छन ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology