बाग्लुङ जिल्ला निशिखोला गाउँपालिका स्थायी घर भैइ हाल कुवेत लाई लामो समय देखी कर्मथलो बनाउदै आउनु भएका रेमिट्यान्स कम्पनिमा काम गर्दै आउनु भएका बजार प्रबन्धक राम बहादुर बस्नेतसंग कोरोना लगायत रेमिट्यान्स सम्बन्धी मयूरपाटी डटकमसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
स्वागत छ यहाँलाई मयूरपाटी डिजिटल अनलाइन पत्रीकामा, कुवेतमा कहिले देखी कार्यरत हुनुहुन्छ ? यहा आउनु भन्दा पहिला अन्य देश पनि जानु भएको थियो ?
धन्यवाद! मयूरपाटी अनलाईन डिजिटल पत्रीकालाई, म सन २००४ देखि कुवेतमा कार्यरत छु । कुवेत बाहेक अन्य देश भारत अध्यनको लागी र बहराइन पर्यटक भिजामा गएको थिए ।
कोरोना भाईरसले गर्दा धेरै कम्पनी बन्द हुने अवस्था पुगेका छन भने केही बन्द पनि भैसकेका छन । अहिले तपाईको कम्पनीको अवस्था कस्तो छ अनि कति नेपाली श्रमिक कार्यरत छन ?
म कार्यरत कम्पनी अलमुजैनी एक्सचेन्ज कुवेतले रेमिट्यान्स सेवा दिदै आयको ७ दशक बेसि भैसक्यो । कोभिड क्राइसिसले कुवेतका केहि कम्पनिहरु बन्द भयपनि, रेमिट्यान्स कम्पनीहरु विशेष गरेर अलमुजैनि एक्सचेञ्जको बिजिनेस धेरै नै सन्तोष जनक रह्यो । हामि १४ जना नेपाली कर्मचारी अलमुजैनीमा कार्यरत छौ ।
तपाई रेमिट्यान्स कम्पनीमा बजार प्रबन्धक भएकाले नेपालीलाई कसरि र कस्तो सेवा दिदै आउनु भएको छ ? अनि कुवेतमा कार्यरत नेपालीको अवस्था कस्तो रहेको बुज्नु भएको छ ?
ग्राहकको चाहना र समयको माग अनुसार अलमुजैनी एक्सचेन्ज कुवैत बाट बजार प्रबन्धक को प्रधिनिधित्व गर्दै अहिले डिजिटल रेमिट्यान्स मोबाइल एप्लिकेसनलाइ सेवा लाइ पहिलो प्राथमिक्ता दियका छौ । डिजिटल सेवा बाहेक का अन्य सेवाहरु-टेलेक्स ट्रान्स्फर, DHL, हिताधिकारीहरुको लागी तत्काल नगद भुक्तानी सेवाहरु अलुमुजैनि मार्फत नेपालमा आइ एम इ/जी एम ई/प्रभु मोनिट्रान्स्फर र नेपालका अधिकांश बैंकहरुको साझेदारीमा विप्रेषण सुबिधा नेपालीग्राहकहरुलाइ सेवा दिदै आयका छौ ।यो कोरोना महामारीको समयमा केहि नेपाली श्रमिकहरुले बिदेशमा जागीर गुमाए पनि नेपालमा औसत रेमिट्यान्स भोलुममा भने ७% ले बृद्धि भयको छ । नेपाली मजदुरहरुको अवस्था कुवैतमा केहि कम्पनीहरु बन्द भयर मुलुक फर्कने अवस्था देखियको थियो । अब त्यो समस्या टरेर गयको छ । किनकी एक वर्ष भित्रै कामदारहरुले रोजगारदाता परीवर्तन गर्न पाउने भयका छन ।
हाम्रो देश रेमिट्यान्सले चलेको छ भनेर धेरैले भन्ने गरेका छन यस बिषयमा तपाईको धारणा के छ ?
रेमिट्यान्सले देश मात्र होइन, राज्यको धेरै सेक्टरहरुमा रेमिट्यान्स अहिले मुख्य आर्थिक मेरुदण्ड भइ सहयोग पुर्याई राखेको छ ।अहिले कोरोनाको दोस्रो भेरियन्टमा मध्यपूर्व NRNA ले लगभग 1CR लागत मा ५६० अक्सिजन सिलिन्डर नेपाल पठायो । मुख्य श्रोत रेमिट्यान्स नै हो । जति-कोरोना बिरामीहरु हुनुहुन्छ नेपालमा, रेमिट्यान्सको बलियो मौजुदा देखेर नै बाच्नको लागी आत्मबल बढाई राख्नुभाको छ । मुख्य रुपमा देशको राष्टिय GDP-गृहस्थ उत्पादनमा लगभग ४०% ले बृद्धि भयको छ .
कुवेतमा धेरै नेपाली संघ-सस्था स्थापना भएका छन यस बारेमा तपाईले कसरी नियाल्नु भएको छ ?
सबै नेपाली सङ्घ-संस्थाहरु नेपाल कठिनाइ मा हुदा एकमत भयर कामगरि राख्नु भा छ ।धेरै संघ संस्था वृद्धि हुनु नै सामाजिक बिकास रुपान्तरण को प्रतीक हो ।
अन्त्यमा कुवेतमा कार्यरत नेपाली श्रमिकलाई के भन्न चाहनु हुन्छ ?
अब हामि केहि महिना मै कोराना लाइ जिद्दै छौ । कुवैतको श्रम बजार मा मजदुरहरुको लागी सरलीकरण हुदैछ । एक वर्ष भित्रै रोजगार-दाता स्पोन्सर चेन्ज गरी प्राईभेट सेक्टरमा अर्को नया कम्पनीमा पुन जागीर मिल्ने भयको ले सबै नेपाली श्रमिकहरुको लागी राम्रो अबसर हुनेछ । म कार्यरत कम्पनी अल्मुजैनी ले पनी अधिक सख्यामा नेपाली कर्मचारी खोजिराखेको अवस्था छ । सेमि-स्किल नेपाली श्रमिकहरु ले Al Muzaini मा जागीरको लागी निवेदन दिन सक्नु हुनेछ |
धन्यवाद |