Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतलीन प्रयोगको अनुमति

चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतलीन प्रयोगको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०७८ बुधवार • १०:१७:१४ बजे
  • 1.6K
    SHARES
  • चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतलीन प्रयोगको अनुमति

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतलीन प्रयोगको अनुमति दिएको छ। यो खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले आपतकालिन प्रयोगको अनुमति दिएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।

    images

    अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ। सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ। यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।

    अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा बढी कोरोना संक्रमितहरुमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको सिनोभ्याकले जनाएको छ।

    सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको छ । यो खोपलाई भण्डारण गर्न अधिक चिसो तापक्रमको आवश्यकता पर्दैन । यसलाई २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिने <बिबिसीले> जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology