Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

मोना कुवेतले बाढीपहिरो पीडितका लागि दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटायो

मोना कुवेतले बाढीपहिरो पीडितका लागि दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटायो

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १०, २०७७ शनिवार • १०:०२:२९ बजे
  • 5.7K
    SHARES
  • मोना कुवेतले  बाढीपहिरो पीडितका लागि दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटायो
    म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ७४२.७५० कुवेती दिनार अर्थात् नेपाली झण्डै दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटाएको छ ।

    म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले उपाध्यक्ष मन बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको “आर्थिक सहयोग सङ्कलन अभियान” मा मोना कुवेतका पदाधिकारीहरुको रोहवरमा सो रकम १२ दिनको अवधीमा जुटाइएको हो ।

    म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । बाढीपहिरोमा परी २९ जनाले ज्यान गुमाएका थिए भने अझै केही बेपत्ता र बाढीपहिरोबाट धेरै मात्रामा विस्थापित भएका छन् ।

    विश्वभर कोरोनाको महामारीले आक्रान्त पारिरहेको यो गम्भिर परिस्थितिमा पनि आफ्नो र परिवारको गास काटेर बाढीपहिरो पीडितलाइ सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई मोना कुवेतले धन्यवाद प्रकट गरेको छ । आर्थिक सहयोग सङ्कलन अभियानबाट संकलन गरिएको रकम छिट्टै नै मोना आईईसीको खातामा जम्मा गरी एकद्वार प्रणालीबाट बाढीपहिरो पीडितलाई सहयोग गर्ने मोना कुवेतका अध्यक्ष प्रेम बहादर बिश्वकर्माले बताउनु भएको छ ।

    बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि संचालन गरेको “आर्थिक सहयोग सङ्कलन अभियान” अन्तिम चरणमा पुगेको मोना कुवेतका उपाध्यक्ष तथा “आर्थिक सहयोग सङ्कलन अभियान” का संयोजक मान बहादुर फमागीले बताउनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology