Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नासाको मंगल मिशनबाट हालसम्म पठाइएको यस्तो छ मंगल ग्रह तस्बिर

नासाको मंगल मिशनबाट हालसम्म पठाइएको यस्तो छ मंगल ग्रह तस्बिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • १६:१०:३१ बजे
  • 1.6K
    SHARES
  • नासाको मंगल मिशनबाट हालसम्म पठाइएको यस्तो छ मंगल ग्रह तस्बिर

    एजेन्सी/ नासाको पर्सिवियरेन्स रोवरले मंगल ग्रहमा उत्रिएपछि त्यहाँ आफ्नो सय दिन पूरा गरेको छ । यतिबेला रोवर त्यहाँ लगातार सूक्ष्मजीव अस्तित्वको निशानको खोजीमा जुटेको छ । साथै, रोवर यो ग्रहको अतितको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको छ ।

    images

    1.jpg

    १८ फेब्रुअरीमा यो रातो ग्रहको भूमध्य रेखाको ठिक उत्तरमा ४९ किलोमिटर चौडा ‘जेजोरो’ नामको क्रेटर आसपास उत्रिएपछि रोवरले यो ग्रहको थुप्रै अद्भूत तस्बिर लिएको छ । एउटा सानो हेलिकोप्टर इन्जेन्युटिले पनि यहाँबाट एरियल तस्बिर पनि पठाएको छ । कुनै हेलिकोप्टरले कुनै अन्य ग्रहमा उडान भरेको यो पहिलो पटक हो ।

    (हेर्नुहोस्, नासाको मंगल मिशनबाट हालसम्म पठाइएको तस्बिरमध्ये केही तस्बिर) 

    2.jpg

    अप्रिलमा पर्सिवियरेन्सले आफ्नो वाटसन क्यामराबाट यो सेल्फी लियो जसमा इन्जेन्युटि हेलिकोप्टर पनि देखिएको छ । रोवरले ६२ वटा तस्बिर पठाएको थियो जसलाई धर्तीमा मिलाएर एक बनाइएको छ । ३० मार्च सन् २०१२१ को यो तस्बिरमा रोवरको मुनी देखिएको इन्जेन्युटि हेलिकोप्टर ५ अप्रिल सन् २०२१ मा मास्टकेम–जेडले इन्जिनियरिङको यो उत्कृष्ट प्रमाण १.८ किलो भारको इन्जेन्युटि हेलिकोप्टरको यो क्लोजअप तस्बिर लियो कुनै पनि दोस्रो ग्रहमा पहिलो पटक कुनै हेलिकोप्टरले उडानको रेकर्ड त्यतिबेला बनायो जब मंगलमा १९ अप्रिल सन् २०२१ मा इन्जेन्युटि हेलिकोप्टरले आफ्नो पहिलो उडान भर्यो ।

    33.jpg

    यो उडानका बेला यो हेलिकोप्टर सतहभन्दा करिब १० फिटको उचाईसम्म उठ्यो र फिर्ता अवतरण गर्नुभन्दा अघि थुप्रै सेकेन्डसम्म घुमिरह्यो । २२ अप्र्रिल सन् २०२१ मा इन्जेन्युटिले आफ्नो दोस्रो सफल उडानको दौरान पहिलो पटक रंगीन एरियल तस्बिर खिच्यो । यो ड्रोन करिब १६ फिटको उचाईमा उड्यो, झुक्यो र उडान भर्ने स्थानमा उत्रिनुभन्दा अघि ५ फिट अघि बढ्यो । मंगलको सतहमा पर्सिवियरेन्सको ट्र्याकको निशाना र इन्जेन्युटिको छाया स्पष्ट रुपमा देख्न सकिन्छ ।

    34.jpg

    इन्जेन्युटिले आफ्नो तेस्रो उडानका बेला पर्सिवियरेन्सको तस्बिर खिच्यो । त्यतिबेला यो मिनी हेलिकोप्टर रोवरभन्दा २७८ फिट टाढा थियो जबकी सतहभन्दा यो १६ फिटको उचाईमा उडिरहेको थियो । ७ मेमा इन्जेन्युटी आफ्नो पाँचौं उडानमा रोवभन्दा ४३२ फिट पर एउटा नयाँ ल्यान्डिङ स्पटमा उत्रिनुअघि ३३ फिटको उचाईसम्म पुग्यो । पर्सिवियरेन्स रोवर जेजेरो क्रेटरमा उत्रिएपछि पहिलोपटक ४ मार्च सन् २०२१ मा ड्राइभमा गयो । एक टनको यो रोवर मंगल ग्रहको भूविज्ञान वायुमण्डल र पर्यावरणको स्थितिबारे जानकारी जुटाउनका लागि नयाँ उन्नत अन्तरिक्ष उपकरणबाट सुसज्जित छ ।

    35.jpg

    पर्सिवियरेन्स लेजरबाट सुसज्जित छ जसलाई मंगल ग्रहको भूविज्ञानसँग सम्बन्धित डाटा संकलन गर्नका लागि डिजाइन गरिएको छ । २८ मार्च सन् २०२१ मा रोवको दाहिने मास्टकेम–जेड क्यामराले एउटा ढुङ्गाको तस्बिर खिच्यो । रोवरमा विभिन्न प्रकारको क्यामरा लगाइएको छ । यो तस्बिर रोवरको दाहिने क्यामरा मास्टकेम–जेडमार्फत् लिइएको हो ।

    36.png

    यसबाट ठ्याक्कै त्यस्तै तस्बिर निस्कन्छ जस्तो एक व्यक्तिले आफ्नो आँखाले देख्छन् । ढुङ्गाका यी तस्बिर १३ मे सन् २०२१ मा लिइएको थियो । २२ मार्च सन् २०२१ मा बायाँ मास्टकेम–जेड क्यामराबाट पर्सिवियरेन्सको लिइएको यो तस्बिरलाई रोवरबाट लिइएको छैटौं हप्ताको तस्बिरमा ‘इमेज अफ द’ विक छानिएको छ ।

    37.jpg

    यो तस्बिरमा सान्ता क्रुज पहाड पनि देखिएको छ जुन रोवरभन्दा लगभग २.५ किलोमिटर टाढा छ । यो दृश्य जेजेरो क्रेटरको भित्री भागको हो ।

    38.jpg

    क्रेटरको रिमलाई पनि २९ अप्रिल सन् २०२१ मा लिइएको यो तस्बिरमा देख्न सकिन्छ ।

     

    39.jpg

  • सम्बन्धित विषय:

  • # तस्बिर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology