Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनसंपर्क समिती ओमानको दोस्रो राष्ट्रिय अधिवेशनबाट पुन शालिकराम चापागाईं सभापतिमा चयन

नेपाली जनसंपर्क समिती ओमानको दोस्रो राष्ट्रिय अधिवेशनबाट पुन शालिकराम चापागाईं सभापतिमा चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७८ शुक्रवार • २३:४४:२९ बजे
  • 2.1K
    SHARES
  • नेपाली जनसंपर्क समिती ओमानको दोस्रो राष्ट्रिय अधिवेशनबाट पुन शालिकराम चापागाईं सभापतिमा चयन

    ja1.jpg

    images

    ओमान / नेपाली जनसंपर्क समिती ओमानको दोस्रो राष्ट्रिय अधिवेशन शालिकराम चापागाईंलाई सभापतिमा निर्वचित गर्दै सम्पन्न भएको छ । भर्चुअल मार्फत सम्पन्न कार्यक्रममा,कार्यक्रमको सभापति सालिक राम चापागाईं, संचालन नवीन कुमार पंगेनीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथीको रुपामा नेपाली कांग्रेसका सह महामन्त्री डा. श्री प्रकाश शरण महत, केन्द्रिय सदस्य एवम्  जनसंपर्क समिती समन्वय विभाग सदस्य श्री गोबिन्द भट्टराई र केन्द्रिय सदस्य डा. श्री डिला संग्रौला, नेपाली दूतावास ओमानकी राजदुत श्री सर्मिला पराजुली ढकालले विशेष अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो ।

    अतिथिहरुमा :- नेपाली कांग्रेस का आमन्त्रित केन्द्रिय सदस्य श्री आनन्द विस्ट, जनसंपर्क समिती समन्वय विभाग सचिब महेस थपलिया, सदस्य श्री  दिल गुरुङ, नरेन्द्र भाट, नेपाली कांग्रेस निती तथा अनुसन्धान प्रतिस्ठानका बिदेस विभाग सम्योजक गंगाधर गौतम, एनआरएन आइसिसी प्रवक्ता डिवी छेत्री, सल्लाकार कुल आचार्य, मध्यपुर्व सम्योजक प्रविन गुरुङ, उपसम्योजक मनोज गोर्खाली तथा बिविन्न देसका जनसंपर्क समितिका सभापतिहरु, ओमान स्थिति रहेका राजनीतिक, एनआरएन सोसल क्लब, जातीय,जिल्ला स्थरका संग संगठनहरु सम्वोधन गरेका थिए ।

    नवनिर्वाचित कार्यसमिति :- सभापति सालिकराम चापागाई, उपसभापति नवीन कुमार पंगेनी, उपसभापति संजय कुमार शाह, उपसभापति गुन बहादुर साठीघरे मगर, महामन्त्री मोहम्मद सराजुदिन, महामन्त्री डम्बरबहादुर पुन, सह- महामन्त्री दिलिप बहादुर विक, कोषाध्यक्ष याम बहादुर सारुमगर, सह कोषाध्यक्ष दिल बहादुर विक, युवा सम्योजक दिलिप महत्तो, महिला सम्योजक सीता तामाङ्ग, प्रदेश सम्योजकहरु :-  १, राम चौहान, २, नासिर अहमद अनसारी ३, राम चन्द्र घले ४, तिलक पाठक, ५, अरुण कुमार बन्जाडे ६, विष्णु सुनुवार ७, रश्मि भट्ट, सदस्यहरु :- मीन बहादुर पराजुली, गोपि नाथ अधिकारी, गणेश रेग्मी, चित्र बहादुर मगर , गंगा पौडेल, राजेन्द्र सुवेदी, मैयाँ पदालुङ्ग,राधिका रिजाल, गिता नेपाली, धर्मराज गिरि, शिव प्रसाद भण्डारी, सज्जन आचार्य रहेका छ्न । भने सल्लाहकार समितिमा विकल झा, सुरज चित्रकार, विनबहादुर बस्नेत, युवराज स्वार, बाल कृष्ण परियार रहनु भएको छ ।

    आजको अधिवेशनले १४ केन्द्रिय महाधिवेशनका लागि महाधिवेशन महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि निर्विरोध चयन गरेको छ ।  महासमिति सदस्य  नवीन कुमार पंगेनी, सजय कुमार शाह,महाधिवेशन प्रतिनिधि सुरज चित्रकार मोहम्मद सेराजुदिन, कुमार स्वार, नेरेन्द्र बराल रहेका छ्न ।

  • सम्बन्धित विषय:

  • # शालिकराम चापागाईं
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology