Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाका दुई प्रबास संगठन द्वारा एक समारोह बिच महामहिम राजदुतको संयुक्त बिदाई सम्पन्न

नेकपाका दुई प्रबास संगठन द्वारा एक समारोह बिच महामहिम राजदुतको संयुक्त बिदाई सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • १३:५०:२८ बजे
  • 1.9K
    SHARES
  • नेकपाका दुई प्रबास संगठन द्वारा एक समारोह बिच महामहिम राजदुतको संयुक्त बिदाई सम्पन्न

    नेकपा माओवादी प्रबास संगठन जनप्रगतिशिल मंच र नेकपा एमाले निकट (माधब पक्ष ) प्रबासी नेपाली मंच साउदी द्वारा दुबै संगठनका प्रतिनिधिले साउदीका लागि नेपाली राजदुत महामहिम प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुत लाई जुन ८ तारीख मंगलबारका दिन उहाकै निवासमा पुगि एक समारोह बिच संयुक्त बिदाई गरेका छन । ४ बर्ष अगाडी नेपाली जनप्रगतिशिल मंच साउदीले नेकपा माओवादी अन्तर्राष्ट्रिय समन्वय कमिटी मार्फत नेकपा माओवादीको सिफारिसमा नेपाल सरकारबाट नियुक्ति भएर जुन ८ तारीख २०१७ मा साउदी आउनु भएको थियो ।

    images

    भने जुन ८ तारीख २०२१ मा ४ बर्षे कार्यकाल सकिएको छ साउदी अरबका लागि नेपाली राजदुतावासका राजदुत महेन्द्र प्रसाद सिंह ४ बर्षे आफ्नो कार्यकाल सकेर नेपाल फर्किन लाग्नु भएको हो । साउदी स्वास्थ मन्त्रालयले जारी गरेको कोरोना स्वास्थ मापदण्ड पूरा गर्दै प्रबासका दुई भाटृ संगठनका प्रतिनिधि महामहिम राजदुत निबासमा गएर दोसल्ला ओढाएर सम्मान पत्र सहित मायाको चिनोले बिदाइ गरेको हो । कार्यक्रममा महामहिम राजदुतले ४ बर्षे अबधिमा गरेका महत्त्वपूर्ण कार्यसफलता र आगामी दिनको शुभकामना मन्तव्य बारे नेपाली जनप्रगतिशिल मंचबाट मध्य पुर्ब सदस्य कमल शाही निर्मल साउदीबाट बाबुलाल बुढा र राजन खड्काले दिएका थिए भने प्रबासी नेपाली मंचको तर्फबाट अध्यक्ष राजु खनाल र बिमल गौतमले साउदी " "रियाद काठमाडौ वा जनकपुर जहाँ रहे पनि सम्झना रहिरहोस महाहिम ज्यु जति टाढा भए पनि " नामक शीर्षक बाचन सहित मायाको चिनो प्रदान गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

    भने बिदाइ कार्यक्रम मा भाबुक हुँदै महामहिम राजदुतले आफ्नो कार्यकालमा गरिएका बाचाहरु कोभिड १९ ले गर्दा पुर्ण रुपमा पूरा हुन नसके पनि एउटा परिणाम आउने गरेर काम गरेको । यहाका हरेक नेपाली संघ संस्थाहरुको साथ सहयोगले नै यी सबै उपलब्धि हरु भएको बताउनु भएको थियो । भने महामहिम राजदुतले आफुलाई नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टी गत होइन नेपाली झन्डा बोकेर मरुभूमिका नेपाली हरुको समस्या बुझ्न पठाएको र आफुबाट कुनै पनि बदनाम हुने काम नभएको बताउनु भएको थियो । सुरुका दिनमा केही असहज भए पनि नेपाली जन प्रगतिशील मंचको पुर्ण सल्लाह सुझाब र सहयोग साथै यहाका विभिन्न संघ संस्था सामाजिक अभियानन्ताहरुको साथले गर्दा काम गर्न अझ सहजीकरण भएको बताउनु भएको थियो । महामहिम राजदुत साउदी अरबमा रहेका सम्पुर्ण संघसंगठनका बिच प्रिय हुनुहुन्छ। हरेक मजदुरहरुको समस्या नजिक बाट बुझ्ने र समाधान गर्ने उहाको कार्य तारिफ योग्य छ।

    कुटनैतिक सम्बन्ध बिस्तार सिमित श्रोत र साधन को अधिक्तम उपयोग गरि विभिन्न छेत्रहरुमा सेवा सुबिधा वृद्धि गर्न सफल, दुई देश कुटनैतिक सम्बन्ध सुदृढ र सुधार गर्दै साउदी नागरिक सम्म नेपाल चिनाउन सफल उहाको कार्य तारिफ योग्य रहेको नेपाली जन प्रगतिशील मंचले तारिफ गरि रहन पर्दैन यहाको सिंगो नेपाली समुदायले गरिरहेको छ मंचका सचीव रामचन्द्र वाग्ले ले बताएका थिए तेस्तै प्रवासी नेपाली मन्चका महासचिव तथा साउदी बिमल गौतमले आफ्नो मन्तव्यमा थप्दै भनेका थिए दुख पिडामा परेका नेपाली मजदुर विभिन्न मुद्दाहरुमा जेल जीवन बिताइरहेका साथै मृत्युदणड सुनाइएका ,नेपालीहरु लाइ कुटनैतिक पहल गरि आम माफी दिलाउन सफल र विभिन्न दुर्घटनामा परि मृत्यु भएका मृतकका ब्लड मनि नेपालमा रहेका परिवालाइ पुर्याउनुको साथै पिडित श्रमिक लाई ठगी गर्ने दूतावास कर्मचारीलाई कार्बाही नेपाली श्रमिकको न्युनतम तलब १०००+३०० निर्धारण तारिफ योग्य छन ।

    महामहिम राजदुत जहाँ रहेपनि उहाँ साउदीमा रहेका नेपालीहरुको ढुक्ढुकिमा हुनुहुन्छ । उहाँ चादै नेपाल फर्किदै हुनुहुन्छ यहि स्वागत र यहि हातले बिदाइ गर्दा नरमाइलो महसुस पक्कै भएको छ चाडै नेपाल फर्किदै गर्नु भएको महामहिम ज्यु को आरामदायी यात्रा आगामी दिन र बाकी जिबनको सफलताको लागी शुभकामना ।

  • सम्बन्धित विषय:

  • # संयुक्त बिदाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology