Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदूरपश्चिमेली नेपाली समाज-साउदी अरबको प्रथम अधिवेशन सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज-साउदी अरबको प्रथम अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • १६:२०:५१ बजे
  • 1.3K
    SHARES
  • सुदूरपश्चिमेली नेपाली समाज-साउदी अरबको प्रथम अधिवेशन सम्पन्न

    कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै खाडी मुलुक साउदी अरबमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिम वासी हरूको “सुदूरपश्चिमेली नेपाली समाज-साउदी अरब" को औपचारिक कार्यक्रम अनलाईन भर्चुअल माध्यम बाट सुदूरपश्चिमेली नेपाली समाज साउदी तदर्थ समितिका संयोजक श्री जगदीश नाथ ज्यू को सभापतित्वमा एवं सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति का अध्यक्ष श्री धन बहादुर बलायर ज्यू को प्रमुख अतिथ्यमा सम्पन्न भएको प्रथम महाधिवेशनबाट श्री खेमराज भट्ट ज्यू को अध्यक्षतामा तपशिल बमोजिमका २७ सदस्यीय राष्ट्रिय कार्यकारी समिति सर्व सहमतिमा चयन गरिएको छ । 

    images

    १. अध्यक्ष : श्री खेमराज भट्ट 
    २. बरिष्ठ उपाध्यक्ष : श्री पदम महत
    ३. प्रथम उपाध्यक्ष : श्री ध्वज बहादुर साऊँद (धीरज)
    ४. द्वितीय उपाध्यक्ष : श्री चक्र मल्ल           
    ५. तृतीय उपाध्यक्ष : श्री ललित सिंह
    ६. महिला संयोजक : श्रीमती सबिता गौतम
    ७. महासचिव : श्री केशव ब. सिंह 
    ८. सचिव : श्री अर्जुन माल 
    ९. सह-सचिव : श्री केशव सिंह धामी 
    १०. कोषाध्यक्ष : श्री राम बहादुर रोकाया 
    ११. सह-कोषाध्यक्ष : श्री राम बहादुर बिष्ट 
    १२. सदस्य : श्री आर जे पन्त
    १३. सदस्य : श्री धन ब. नाथ 
    १४. सदस्य : श्री बशन्त भट्ट 
    १५. सदस्य : श्री गोबिन्द सिंह बोहरा 
    १६. सदस्य : श्री धरम ऐर 
    १७. सदस्य : श्री बाबु रिजाल
    १८. सदस्य : श्री दिपक बहादुर सिंह 
    १९. सदस्य : श्री हरि ओझा
    २०. सदस्य : श्री दिपक बोगटी 
    २१. सदस्य : श्री रोहित पाली
    २२. सदस्य :श्री सिद्धराज भट्ट 
    २३. सदस्य :श्री सुरत राज सोती  
    २४.सदस्य : श्री दिपक लुहार 
    २५.सदस्य : श्री पदमराज भट्ट
    २६. सदस्य : श्री सुरत रावल
    २७. सदस्य : श्री राम परियार 

    संरक्षक :  श्री जगदीश नाथ 

    उक्त अधिवेशनमा प्रमुख अतिथि श्री धन बहादुर बलायर (सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति - अध्यक्ष),
    विशिष्ट अतिथि श्री नारायण पासवान (NRNA -NCC निवर्तमान -अध्यक्ष),विशिष्ट अतिथि श्री अमृत पौडेल (अन्तर संस्था समन्वय समिति - अध्यक्ष), श्री उमेश जोशी (सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति- सचिव), श्री चेतन थापा (सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति - नेपाल संयोजक), श्री इन्द्र बहादुर बिष्ट (सु प नेपाली समाज बहराइन-अध्यक्ष), श्री समीर मल्ल (सु प नेपाली समाज मलेसिया -संरक्षक), श्री दीपक खड्का (सु प नेपाली समाज भारत-प्रथम उपाध्यक्ष), अतिथि श्री नागेश तामांग (अन्तर संस्था समन्वय समिति - महासचिव) अतिथि ज्यु हरुको उपस्थिति रहेको थियो । 

    सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबका अध्यक्ष खेम भट्ट ज्यूले सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबको संगठन विस्तार गर्नमा विशेष भूमिका निर्वाह गर्नुहुने र संस्थालाई दिनुभएको अहम् योगदानका लागि अन्तर्राष्ट्रिय सु प नेपाली समाज अध्यक्ष श्री धन बहादुर बलायर, अन्तर्राष्ट्रिय सु प नेपाली समाज कोषाध्यक्ष श्री भुवन प्रशाद भट्ट, अन्तर्राष्ट्रिय सु प नेपाली समाज दक्षिण एसिया संयोजक श्री दिनेश खप्तडी, सु प समाज मलेसिया संरक्षक समीर मल्ल, सु प समाज बहराइन अध्यक्ष इन्द्र बिष्ट ज्यु लगायत सम्पूर्ण पदाधिकारी ज्युहरु प्रति हार्दिक आभार सहित धन्यवाद प्रकट गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # साउदी अरब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology