Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान संचालन

मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान संचालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • १६:५०:४२ बजे
  • 3.0K
    SHARES
  • मोरङसुनसरी सेवा समाज कुवेतद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान संचालन

    कुवेत। विश्वभरी तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारिका कारण नेपालमा पनि धेरै मानिसहरुले अकालमै ज्यान गुमाइरहेको परिदृश्यलाइ मध्यनजर गर्दै मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सन्चालन गरिरहेको छ। मोरङ र सुनसरी भित्रका विभिन्न कोरोना प्रभावित पालिकाहरुमा अक्सिजन सिलिन्डर पुर्‍याउने उदेश्यले मोरङसुनसरी सेवा समाज केन्द्रले चालेको अभियान संग सहकार्य गर्दै विस्वभरिबाट मोरङसुनसरी सेवा समाजका प्रवास शाखाहरुबाट आर्थिक संकलन अभियान चलाए संगै मोसु कुवेतले पनि सो अभियान चालेको मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुले राम्रो दृष्टिलाइ बताएका छन। 

    images

    अध्यक्ष लिम्बुका अनुसार हालसम्म मोरङको रामध्वनी र केराबारी नगरपालिकामा ४/४ थान, धरान-१५ मा ५ थान, पथरी सनिश्चरे गाउँपालिकामा ४ थान, कानेपोखरी गाउँपालिकामा २ थान, उर्लाबारी नगरपालिकामा ५ थान र लेटाङ नगरपालिकामा ५ थान अक्सिजन सिलिन्डर वितरण भैसकेको छ।

    मोरङसुनसरी सेवा समाजले बेला बेलामा आँखा सम्बन्धी निशुल्क घुम्ती शिविरहरु तथा विभिन्न खाले दैवि प्रकोपमा सहयोगको कामहरु गरिरहेका छन। केही बर्ष अघि बुढिखोला बाढी पिडितहरुलाइ आवास तथा खाद्यान्न, केरावारी गाउँपालिका मुगु खोलाको बाढी पिडितहरुलाइ विभिन्न किसिमको सहयोग तथा भुकम्प पिडितहरुलाइ सहयोग गर्दै आइरहेका छन। 

    यसपालिको महामारिमा पनि कम्तिमा ७० ओटा अक्सिजन सिलिन्डर मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा वितरण गर्ने उदेश्य सहित यो अभियान सञ्चालन गरेको छ। यहि अभियान अन्तरगत प्रवासका शाखाहरुले पनि अभियान सञ्चालन गरिरहेको छ। 

    अध्यक्ष लिम्बुले मोरङ र सुनसरिबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाइरहेका सबै प्रवासिहरुलाइ यश अभियानमा जोडिन अनुरोध गरेका छन। उनले मोरङ र सुनसरी बाहेकका प्रवासी सम्पुर्ण कुवेतका श्रमिकहरु र कुवेतमा स्थापित संघ संस्थाहरुलाइ समेत यश अभियानमा जोडिनका लागि अनुरोध गरेका छन।  सहयोग गर्न चहानुहुने जो कोहिले पनि यी नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

    अरुण लिम्बू-55454818
    उपेन क्षेत्री-67010068
    दिलकुमार पाख्रीन- 97557313

  • सम्बन्धित विषय:

  • # मोरङसुनसरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology