Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १०:३०:२६ बजे
  • 1.2K
    SHARES
  • कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन
    विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ।  

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो। स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

    समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशतभन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्। गत साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको छ।

    यस्तै युएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको समितिले जनाएको छ। सङ्घका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ।

    यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ। समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology