कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राईलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढी आर्थिक सहयोग गरेको छ ।उक्त सहयोग रकम मध्ये कोषबाट ५० केडि र कोषमा आवद्ध तथा अन्य सहयोगीहरूको तर्फबाट १४४कुवेती दिनार गरि जम्मा १९४ कुवेती दिनार हिँजो पीडित राईलाई हस्तान्तरण गरिएको हो । अहिलेसटही दरमा १९४ कुवेती दिनारको नेपाली रु. ७४ हजार भन्दा बढी हुन आउछ ।
धनकुटा जिल्ला, चौबिसे गाउँपालिका वडा नं. ५ स्थायी घर भएकी राई लामो समयदेखी रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छिन । उनको घर गत बैशाख १ गते वन डंढेलोको कारण भएको आगलागीमा परेर जलेर नष्ट भएको थियो भने घरमा भएको अनाज तथा श्री सम्पती सबै जलेरखरानी भएको थियो । परिवारको हर्ताकर्ताको रूपमा रहेर पारिवारिक गुजारा चलाइरहेकी शान्ति राइकोरोना महामारीको कारण घर जान पनि नपाएको अबस्थामा बस्ने बासस्थान नै जलेर नष्ट भएको रघरायसी आर्थिक अबस्था समेत कमजोर रहेको उक्त परिवारको पीडामा थोरै भने पनि मलहम लगाउन सकियोस भन्ने हेतुले मेचीकाली सामुहिक बचत कोषले उक्त सहयोग गरेको हो ।
पीडितको स्थायी बसोबास भएको उक्त घर जलेर नष्ट हुँदा बृद्ध अबस्थाका बाबु आमाको ओत लाग्नेसमेत ठाउँ नभएको यस विषम् परिस्थितिमा संस्थागत बाहेक व्यक्तिगत रूपमा सहयोग गर्नेदाताहरूको नाम यस प्रकार रहेको छः
१. राजन श्रेष्ठ - ५ केडि
२जीवन कुमार बि. क. - ५ केडि
३.जिवन सुनार - ५ केडि
४.सत्य सुवाल - ५ केडि
५.मनिष केसी - ५ केडि
६.माधब पौडेल - ५ केडि
७. कृष्ण सुनार - ५ केडि
८. हितकाजी चन्द्र गौतम - ५ केडि
९. हर्क बस्नेत -२ केडि
१०.सन्जय कुमार - २ केडि
११. इलाज श्रेष्ठ - २ केडि
१२. रूवी तामाङ - २ केडि
१३. पार्वती बन्जारा - ३ केडि
१४. ललिता थापा - ५ केडि
२५. नारायण श्रेष्ठ - ५ केडि
१६. लक्ष्मी देवी गोमजेन - २ केडि
१७. असली माया तामाङ - २ केडि
१८. आशा थापा - २ केडि
१९. मिलन तामाङ - ५ केडि
२०. प्रदिप महतो - २ केडि
२१. सुजन केसि - ५ केडि
२२. आनन्द आचार्य - ५ केडि
२३. अरूण श्रेष्ठ - २ केडि
२४.बिमला पण्डित - ५ केडि
२५. बिष्णु मागर - १० केडि
२६. सुवर्ण दाहाल - ५ केडि
२७. देवी गुरूङ - ५ केडि
२८. सुविता तामाङ - २ केडि
२९. सुनिता तामाङ - २ केडि
३०. तुलसी घर्ती - १ केडि
३१. मित्रभक्त आचार्य - २ केडि
३२. सुनिता आले तामाङ - ५ केडि
३३. लोमस बास्तोला - ५ केडि
३४. ध्रुब श्रेष्ठ - ५ केडि
३५. दलसिंह चौधरी - १ केडि
३६. अमेम्बर राइ - ५ केडि
३७. नबराज - ५ केडि
कुवेतमा कार्यरत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जुनसुकै नेपाली श्रमिक आवद्ध हुनसकिने मेचीकाली सामुहिक बचत कोष विगत १ दशक भन्दा लामो समयदेखि कुवेतमा कृयाशिल छभने यसमा कोषमा आवद्ध सदस्यहरूको आर्थिक उन्नतीको लागि सामुहिक बचत कार्यक्रम संचालनगरि कोषमा आवद्ध सदस्यहरूबाट संकलित रकमलाइ सदस्यहरूको सेवार्थ लगाइ रहेको छ ।प्रवासको श्रमिक दैनिकीमा मासिक कमाइले मात्रै आँटे ताकेको काम बन्न नसक्ने अबस्थामा सदस्यहरूले कोषबाट सापटी रकम लिएर आफ्नो गर्जो टार्न सक्दछन् भने सापटी रकम विस्तारै तिर्नपनि सकिने भएकोले यस कोषमा आवद्ध हुनेहरूको संख्या दिनानुदिन बढ्दो छ ।