Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घातक रोग,जसलाई वेवास्ता गरेमा आखाँदेखि मृगौला सम्म यसरी हुन्छ नोक्सान

घातक रोग,जसलाई वेवास्ता गरेमा आखाँदेखि मृगौला सम्म यसरी हुन्छ नोक्सान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • २०:०५:०९ बजे
  • 1.1K
    SHARES
  • घातक रोग,जसलाई वेवास्ता गरेमा आखाँदेखि मृगौला सम्म यसरी हुन्छ नोक्सान

    एजेन्सी । पछिल्लो समय सुगर ( डाईवेटिज)का रोगीहरुको संख्या ह्वात्तै बढीरहेको छ । खानपान र जीवन शैलीमा आएको परिवर्तनसगँै यो रोग डरलाग्दो रुपमा देखा परीरहेको छ । यसले विस्तारै शरीरका आँखादेखि मृगौला सम्म पनि क्षति पुर्याएर ज्यानै लाने गरेको छ । यस रोगप्रति अत्यन्त सावधान रहनु पर्ने देखिन्छ ।

    images

    यस रोगले सबै भन्दा पहिला शरीरका विभिन्न अंगहरुलाई खोक्रो पार्दै लगेर मानिसको ज्यान लिने गर्दछ । हाई ब्लड सुगरका कारण बिरामीहरुलाई दिक्क लाग्ने, मुख सुक्ने, थकावट लाग्ने,खुट्टा सुन्निने जस्ता प्रारम्भिक चेतावनी दिने गर्दछ । यसले शुरुमा आखाँको रेटिनामा रहने कोशिकाहरुलाई ड्यामेज पार्दै आखाँ धमिलो बनाउने र अन्ततः मानिस पुरै अन्धो बन्न सक्छ ।

    त्यसै गरी हाईब्लड सुगर अर्थात डाईबेटिजले अधिकाशं बिरामीको मृगौला फेल गराउने चान्स धेरै हुन्छ ।

    एक पटक मृगौला फेल भए पछि डायलासीस या मृगौला प्रत्यारोपण बाहेक बाँच्ने अरु उपाय रहँदैन ।

    यस्तै सुगरले रक्तकोशीकाहरुमा क्षति गर्दै गए पछि अन्ततः छालालाई पनि नोक्सान पुर्याउदछ ।

    यसले खुट्टा पनि सुन्निने समस्या विस्तारै निम्त्याउदछ । सुगरले निम्त्याउने अर्को खतरा भनेको मुटुको समस्या हो ।

    हाई ब्लड सुगरका कारण विस्तारै मुटुमा समस्या हुन्छ ।

    यसले हृदयघात या हृदयरोग बढ्ने चान्स रहन्छ ।

    यसबाट बच्न के गर्ने ?

    विज्ञहरुका अनुसार जंक फुड सबै भन्दा पहिला बन्द गर्नु पर्दछ ।

    नियमित स्वस्थ्य खानपान र फाईबरयुक्त खानेकुराहरु खानु पर्दछ ।

    मादक पदार्थ, बढी प्रोटिन र कार्बोहाईड्रेड युक्त खाने कुराहरु बन्द गर्नु पर्दछ ।

    नियमित पशिना निस्कने गरी व्यायाम गर्नु पर्दछ ।

    जसले सुगरको मात्रालाई नियन्त्रण गरी सरल जीवन बाँच्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # आखाँदेखि मृगौला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology