Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार रोशन एन श्रेष्ठको साउदीमा निधन

पत्रकार रोशन एन श्रेष्ठको साउदीमा निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • १०:२८:०४ बजे
  • 5.6K
    SHARES
  • पत्रकार रोशन एन श्रेष्ठको साउदीमा निधन
    अन्जान गुभाजु -साउदी अरब 
    एन ए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठको साउदी अरबमा निधन भएको छ । बिगत केहि दिन देखि कोरोना भाइरस बाट संक्रमित भई साउदी अरबको पूर्वी क्षेत्र दमाम स्थित सेन्टर हस्पिटलमा उपचारत श्रेष्ठको निधन भएको हो । 
    साउदी अरब जस्तो ठाउमा आफ्नो पत्रकारितालाई निरन्तरता दिदै नेपाली श्रमिकहरुको अवाज उठाउदै सबैको ढुकढुकीमा बस्न सफल श्रेष्ठ कुशल पत्रकार थिए । कानुनि हिसाबका कठोर कानुन भएको साउदी अरबमा एन ए मिडिया स्थापित गरेर पत्रकारितालाई अगाडि बढाइ रहेका थिए ।
    साउदी अरबमा भएका विभिन्न नेपालीहरुको अवाज बिहिनहरुको अवाज भनेर सबैको मन मुटुमा बस्न सफल श्रेष्ठ मयूरपाटी डिजिटल पत्रीकाको तर्फा बाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौ ।
    अरबका लागि नेपाली राजदुताबास रियादका राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतले श्रेष्ठको निधन भएको जानकारी दिनु भयो । साउदी अरबमा श्रेष्ठलाइ पत्रकारिता संग संगै बरिष्ठ समाज सेवीको रुपमा पनि चिरपरिचीत थिए । स्याङ्गजा जिल्ला गल्याङ न पा घर भएका श्रेष्ठको घरमा श्रीमती र आमा हुनुहुन्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology