साइप्रस एक नेपाली बिद्यार्थीको सडक दुर्घटना परि मृत्यु भएको छ । नेपाल धादिङ घर रहेको बिद्यार्थी भिसामा साईप्रसको निकोसियामा अध्यनरत नेपाली बिद्यार्थी रेनुका कोइरालाको हिजो २६ जुलाइ २०२०, राति करिब २.२० बजे काम सकेर कोठा फर्किने क्रममा मोटर साइकल दुर्घटनामा परि निकोसिया स्थित अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको प्रवासी नेपाली एकता मंच साइप्रस जनाएको छ ।

प्रवासी नेपाली एकता मंच साइप्रसले अकल्पनीय, असामयिक निधन भएकोले यस दु:खद घडीमा शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित स्वर्गीय रेनुका कोइरालाप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।