Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुस्ताङको भिडियो सेयर गर्दै डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले लेखे ‘हिरोहरु

मुस्ताङको भिडियो सेयर गर्दै डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले लेखे ‘हिरोहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७८ आइतवार • १३:०५:४७ बजे
  • 919
    SHARES
  • मुस्ताङको भिडियो सेयर गर्दै डब्ल्युएचओ महानिर्देशक ट्रेडोसले लेखे ‘हिरोहरु

    नेपालको मुस्ताङको लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको ट्विटरमा भेटिएको उक्त सानो टिकटक क्लिपको विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम ग्रेबेयससले समेत तारिफ गरेका छन् ।

    images

    ट्विट ट्रेडोसले लेखेका छन्, “स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट बञ्चित गर्नु ?” उनले थप लेखेका छन्, “यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ।

    असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए । उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ । मनसुन सुरु भएसँगै खोला बढेको छ र तर्न पुल छैन् । त्यहाँ लठ्ठीको भरमा खोप तारिएको छ । मुस्ताङमा मात्रै होइन देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगै खोप लगाउन स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।

    who men.JPG

  • सम्बन्धित विषय:

  • # मुस्ताङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology