गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा यासमिन बेगम सैयदले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सन् २००७ देखि गैरआवासीय नेपाली संघको साउदी अरबबाट संघको अभियानमा संलग्न सैयदले संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी हुन् ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महिला तथा पुरुष लगायतका बिभिन्न पक्षमा राहत तथा उद्धारको लागि सहयोगार्थ सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । गैरआवासीय नेपाली संघको विधान संसोधन समितिको सदस्य समेत रहेकी सैयदले साउदी अरबस्थित बिभिन्न संघसंस्थाहरुको प्रमुख सल्लाहकारको समेत रहेर काम गरिसकेकी छन् । उनी गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिको मध्यपूर्ण उपसंयोजक समेत हुन् ।