Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतमा भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुनको नामको रेल सेवा सुरु

बेलायतमा भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुनको नामको रेल सेवा सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • ०९:२३:३० बजे
  • 1.4K
    SHARES
  • बेलायतमा भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुनको नामको रेल सेवा सुरु

    भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि सन्चालन हुने रेलको शुभारम्भ पुनका छोराछोरीले आज लण्डनको प्याडिङटन स्टेशनमा गरेका छन् । बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् । सो समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।

    images

    गोरखा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको बताउँदै उनले रेलको नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् । गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए ।

    tul-bahadur-pun155.jpg

    उनले पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको बताइन् ।

    सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन् ।

    कार्यक्रममा पूर्व गोरखाहरुको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित गेसोका बेलायत कार्यवाहक सभापति धर्म तामाङले भिसी पुनको नाममा रेल सेवा सञ्चालन हुनु गोर्खाप्रति धेरै ठूलो सम्मान भएको बताए । भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन(ब्रिस्टोल सेवामा सन्चालन हुने बताइएको छ । पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा सन् १९४४ जुन २३ मा भिक्टोरिया क्रस पाएका थिए ।

  • सम्बन्धित विषय:

  • # बेलायत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology