Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १६:१२:३८ बजे
  • 1.6K
    SHARES
  • रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

    भारतमा लोकप्रिय बनेका कलाकारहरुका फ्यानले उनीहरुका लागि अचम्मको प्रेम देखाउँछन् । हालै मात्र एक फ्यानले लामो दुरी हिडेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए ।

    images

    नायिका रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९ सय किमीको दुरी पार गरेका छन् । रश्मीकाको घर गुगलमा सर्च गरेर त्रिपाठी नाम गरेका ती फ्यान उनको घरसम्म पुगेका थिए ।

    उनी, तमिलनाडुबाट कर्नाटकको कोडागुमा ९ सय किमीको दुरी पार गर्दै पुगेका थिए । तर, मुम्बइमा रहेकाले रश्मीकासँग उनको भेट भने भएन । रश्मीकाले यो कुराको जानकारी पाएपछि सामाजिक संजालमा लेखेकी छिन्–‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ ।

    कृपया यस्तो केही पनि काम नगर्नुहोला । मलाई सामाजिक संजालमा नै प्रेम दिनुहोला । तर, तपाइसँग भेट्न नपाउँदा मलाई निकै नै नरमाइलो लागेको छ । म आशा गर्छु कि एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ ।’ रश्मीकाको घर पुगेर जब ती फ्यानले उनको बिषयमा सोधपुछ गरे, यसपछि स्थानियले उनलाई प्रहरीको जिम्मा लगाइदिएका थिए । प्रहरीले उनलाई घर फिर्ता पठाएको छ ।

  • सम्बन्धित विषय:

  • # रश्मीका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology