Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसारमा सबैभन्दा धेरै पानी पर्ने ५ ठाउँ

संसारमा सबैभन्दा धेरै पानी पर्ने ५ ठाउँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७८ सोमवार • १९:५५:१७ बजे
  • 1.7K
    SHARES
  • संसारमा सबैभन्दा धेरै पानी पर्ने ५ ठाउँ

    एजेन्सी/ सामान्यज्ञानमा रुची हुने धेरैलाई थाहा नै छ कि विश्वमा सबैभन्दा धेरै पानी पर्ने ठाउँ भारतको मेघालयमा पर्ने मासिनराम हो । भारतको मासिनराम बाहेक संसारमा अरु धेरै यस्ता ठाउँ छन् जहाँ वर्षभरी नै निकै वर्षा हुन्छ ।

    images

    संसारमा सबैभन्दा धेरै वर्षा हुने ५ ठाउँ यस्ता छन् :

    १. मासिनराम : भारतको मेघालय राज्यमा पर्ने मासिनराम एउटा यस्तो गाउँ हो जहाँ संसारमा सबैभन्दा धेरै वर्षा हुन्छ ।

    मासिनराम एक पहाडी स्थल हो । हिमालयका टाकुराले बंगालको खाडीबाट आउने बादललाई रोकेसँगै त्यहाँ व्यापक वर्षा हुन्छ । मासिनराममा वार्षि औषतमा ११ हजार ८७१ मिलिमिटर पानी पर्दछ । सन् १९८५ मा मासिनराममा २६ हजार मिलिमिटर पानी परेको थियो ।

    २.चेरापुन्जी : भारतको मेघालयमै मासिनराम भन्दा १५ किलोमिटर टाढा पर्ने चेरापुन्जी संसारमा सबैभन्दा धेरै पानी पर्ने ठाउँको दोश्रो स्थानमा पर्दछ । त्यहाँ वाषिर्क औषत ११ हजार ७७७ मिलिमिटर वर्षा हुन्छ ।

    ३. टटेन्डो, कोलम्बिया : दक्षिण अमेरिकी मुलुक कोलम्बियाको टटेन्डो संसारमा तेश्रो सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो । उक्त ठाउँमा वार्षिक औषतमा ११ हजार ७७० मिलिमिटर पानी पर्दछ ।

    ४.क्रोप्प नदी, न्यूजिल्याण्ड : ९ किलोमिटर लामो उक्त क्रोप्प नदी क्षेत्रमा निकै भारी वषर्ा हुन्छ । क्रोप्प नदी क्षेत्रमा वाषिर्क औषतमा ११ हजार ५१६ मिलिमिटर वर्षा हुन्छ ।

    ५. सानो एन्टोनियो, अफ्रिका : इक्विटेरियल गिनीमा पर्ने सान एन्टोनियो डे पाले नामक ठाउँ विश्वको सर्वाधिक वर्षा हुने पाँचौँ स्थानमा पर्दछ । उक्त ठाउँमा वाषिर्क १० हजार ४५० मिलिमिटर वर्षा हुन्छ ।

     

  • सम्बन्धित विषय:

  • # पानी पर्ने ५ ठाउँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology