Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डको निर्वाचन समिति गठन ,संयोजकमा डाक्टर आचार्य

एनआरएनए पोल्याण्डको निर्वाचन समिति गठन ,संयोजकमा डाक्टर आचार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • २३:३९:४२ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए पोल्याण्डको निर्वाचन समिति गठन ,संयोजकमा डाक्टर आचार्य

    पोल्याण्ड/गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डले आसन्न छैठौं अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । संघका अध्यक्ष नरेश सापकोटा र सचिव कविन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमअनुसार निर्वाचन समिति गठन गरिएको जनाइएको छ।

    images

     एनआरएनए पोल्याण्डका संस्थापक तथा पोल्याण्डकालागि नेपाली पर्यटन दूत डा• उदयदेव आचार्यलाई निर्वाचन संयोजक तोकिएको छ भने  समितिका सदस्यहरुमा आनन्द घिमिरे र अनिल पौडेल मनोनित भएका छन् । घिमिरे नेपाली व्यवसायी संघ पोल्याण्डका सचिव हुन् भने पौडेल नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य हुन् ।निर्वाचन समितिले एनआरएनए पोल्याण्डको आसन्न अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाका कामहरु आजबाट गर्ने र समितिले आवश्यक ठानेमा बढीमा २ जना सदस्य थप गर्न सक्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    एनआरएनए पोल्याण्डको कार्यसमितिको निर्णय अनुसार १७ अप्रिल २०२१ मा संघको पञ्जीकृत सदस्यको आवेदन खुल्ला गर्दै अधिवेशन आगामी १९ जुलाई २०२१ लाई तोकेको थियो।त्यही अधिवेशनको मितिलाई स्विकार गर्दै पोल्याण्डमा रहेका नेपालीको उच्च सहभागिता सहित आगामी कार्यकाल २०२१-२०२३ का लागि ४८३ जनाले पञ्जीकृत सदस्यता प्राप्त गरेका छन् जुन एनआरएनए पोल्याण्डको इतिहास कै उच्च पञ्जीकृत सदस्य संख्या हो।एनआरएनए पोल्याण्डको विगत सन् २०१०-२०१४ मा ६४ जना, सन् २०१४-२०१५ मा ७८ जना, सन् २०१५-२०१७ मा १२३ जना, सन्२०१७-२०१९ मा १६९ जना र सन् २०१९-२०२१ मा २५४ जना ले पञ्जीकृत सदस्यता लिएका थिए।

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology