शेरबहादुर परियार,यूरोप/गैर आवासीय नेपाली संघ पोल्याण्डको आगमी २०२१-२०२३ को कार्यकालका लागि आगामी जुलाई १९ मा हुनगइरहेको निर्वाचनमा पवन खड्काले महासचिवमा उम्मेद्वारी घोषणा गरेका छन्।
खड्काले सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।उनले एनआरएनए पोल्याण्डलाई पारदर्शीता, राम्रो कामको निरन्तरतामा जोड, पदाधिकारीहरूको कार्यविभाजन र कार्यालय चुस्त रुपमा संचालन र अनुशासित हुदै ,अग्रजहरुको सम्मान तथा नयाॅ लाई प्रोत्साहन गर्ने , क्षेत्रिय कमिटी गठन गर्ने लगायत आफ्नो सामान्य जस्ता देखिने संस्थाका अत्यावश्यक हुने महत्वपूर्ण योजना रहेको बताएका छन्। मौजुदा कार्यसमितिमा अर्थ समितिको सचिवमा अब्बल देखिएका खड्का आफ्नो ऐजेण्डामा दृढ अडान राख्न सक्ने क्षमता भएको मानिन्छन्।
आफ्नो उम्मेद्धवारी घोषणासंगै उनले आफ्ना प्रतिवद्धताकाहरु पनि सार्वजनिक गरेका छन्।जुन जस्ताको त्यस्तै यस्तो छ।
आदरणीय पोल्याण्ड बासी दाजुभाई तथा दिदीबहिनीहरु, नजिकिदै गरेको गैर आवसिय नेपाली संघ पोल्याण्डको अधिवेशनमा हजुरहरुको चाहना अनुरुप म पनि महासचिव पद को लागी उमेदवारी दर्ता गर्न गैरहेको छु l आशा छ सधै झैं यहाँहरुको साथ र सहयोग म माथि रहीरहनेछ भन्ने आशा राखेको छु l
संस्थामा भैरहेको र हुने काम को पारदर्शीता, राम्रो कामको निरन्तरतामा मेरो जोड रहने छ l पदाधिकारीहरु कार्यविभाजन र कार्यालय चुस्त रुपमा संचालन र अनुशासित हुदै , अग्रजहरुको सम्मान तथा नयाॅ लाई प्रोत्साहन गर्ने , क्षेत्रिय कमिटी गठन गर्न समितिमा प्रस्ताव गरी सकेसम्म सर्बसम्मत नभय बहुमतबाट भयपनि क्षेत्रिय कमिटी गठन गर्ने प्रतिबद्द्ता जाहेर गर्दछु l
NRNA हरु (पोल्याण्ड बासी )को जय होस् l
पवन खड्का
फोन: 0048 517850523