Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा

एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २६, २०७८ शनिवार • १९:३८:११ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए कुवेतको ७ औं अधिवेशनको लागि निर्वाचन समिति घोषणा

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको मौजुदा कार्यसमितिले यहि जुलाइ २३तारिक हुने सातौं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य र गणेश रावत रहेका छन् भने निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य गर्ने प्रयोजनको लागि निर्वाचन समितिले लोमस बास्तोला र भुपेन्द्रसारू मगरलाइ निर्वाचन अधिकृत तोकेको छ ।

    images

     

    गत बिहिबार साँझ अनलाइन जुम प्रविधिबाट बसेको एनसीसी कुवेतको पुर्ण बैठकले निर्वाचनसमिति गठन गरेको हो भने नवगठित निर्वाचन समितिले कोभिड महामारीको वर्तमान अबस्थामा यो निर्वाचन गराउन लागेको हो । गैर आवासीय नेपाली संघ डिजिटल प्रविधिमा गइ सके पछि हुन लागेको यो पहिलो राष्ट्रिय महाधिवेशन हो ।

     

    निर्वाचन समिति गठन भए लगत्तै समितिले आफ्नो काम शुरू गरि सकेको छ भने सोही अनुरूप छोटो समयमा राष्ट्रिय महाधिवेशन गरी निर्वाचन सम्पन्न गर्नु पर्ने भएकोले आयुक्त तथा निर्वाचनअधिकृतहरूलाइ निर्वाचन समिति मातहत रहेर निर्वाचन समितिले तोके बमोजिम निर्वाचन सम्बन्धी आवश्यकीय कार्यहरू गर्न निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. ले  जानकारी  दिंदै निर्वाचन समितिले छिट्टै नै निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेजनाएका छन्   ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology