ओमान / मोरङ्गसुनसरी सेवा समाज ओमानले कोरोना रोेकथाम तथा नियन्त्रणका अक्सिजन सिलेन्डर खरिद गर्न का लागि मोरङ सुन्सरीमा रहेको संस्थाको केन्द्रिय कार्यलाई नगद रु.३११२४ रुपैया सहयोग गरेको छ ।
संस्थाको नियमित बसेको बैठकले हाल नेपालमा कोरोना महामारीले गर्दा औषध तथा स्वास्थ उपचार पाउन बाट बन्चित केहिलाई सहयोग होस भनेर हामिले सके जति सहयोग पठाउने निर्णय गरेको संस्था कि अध्यक्ष पार्वती श्रेष्ठले बताउनु भयो ।
ओमानमा मोरङ्ग सुन्सरी नामक संस्था केही समय पहिला अनलाइन भर्चुअल मार्फत स्थापन भएको थियो ।यश संस्थाको केन्द्रिय कार्यलय मोरङ सुनसरीको इटहरीमा रहेको छ भने बिदेशमा संस्थाको शाखा स्थापन गरेर संचालन गरिएको छ ।
