Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको उम्मेद्धवारी घोषणा

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको उम्मेद्धवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १३:५४:१२ बजे
  • 1.3K
    SHARES
  • एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको उम्मेद्धवारी घोषणा

    शेरबहादुर परियार,युरोप/गैर आवासीय नेपाली संघ पोल्याण्डको आगमी २०२१-२०२३  कार्यकालका लागि जिवन केसीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

    images

    गैर आवासीय नेपाली संघ पोल्याण्डको आगामी जुलाई १९ मा हुने छैठौं महाअधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।आगामी दुई वर्षे कार्यकाललाई अध्यक्षका लागि केसीले एनआरएनए पोल्याण्डको अध्यक्षको प्रत्यासीका रुपमा आफूलाई अगाड़ि सारेका छन् ।

    विगत ११ वर्ष देखि एनआरएनए पोल्याण्डको कार्यसमितिमा निरन्तर रहेका केसी कोषाध्यक्ष रहदै मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका छन्।केसी पोल्याण्डमा नेपाली समुदाय बिच संस्थामा समन्वयकारीको भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका मानिन्छन् ।  


    केसीले आफ्नो उम्मेद्धवारी घोषणा संगै संघको विधान ३ महिनाभित्र विशेष साधारणसभा मार्फत संशोधन गरी संस्थालाई क्रियाशील बनाउने,  नेपाली कामदार /विद्यार्थी तथा नेपाली व्यवसायीहरु लाई पर्ने कानुनी/भाषागत तथा अन्य कठिनाइ लाई सहजीकरण गर्ने,युरोप स्तरीय कला/खेलकुदको सुरु गर्न अगुवाइ गर्ने,आपतकालीन कोषलाई प्रभावकारी बनाउने,संघको कार्यालयलाई थप व्यवस्थित बनाउने,हरेक ३ महिनामा आय व्यय सार्वजनिक गर्ने,संस्थाको वेवपेज अद्यावधिक गर्ने लगायतका ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्।

    डा• उदयदेव आचार्य संयोजक,आनन्द घिमीरे सदस्य सचिव र अनिल पौडेल सदस्य रहेको  एनआरएनए पोल्याण्डको निर्वाचन समितिले उम्मेद्वारी दर्ता तथा  मनोनयनका लागि जुलाई १२ साँझ ५ बजे सम्मका लागि समय तोकेको छ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology