Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पश्चिम युरोपमा बाढीबाट १२० को ज्यान गयो

पश्चिम युरोपमा बाढीबाट १२० को ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १०:३३:२९ बजे
  • 2.3K
    SHARES
  • पश्चिम युरोपमा बाढीबाट १२० को ज्यान गयो

    एजेन्सी । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२० नाघेको छ । बाढीबाट जर्मनीमा बढी मानविय क्षति भएको बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् ।

    images

    सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् । बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ ।

    जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका एक हजार ३ सय नागरिक हराइरहेका छन् । जर्मनीमा एक सय वर्षयताकै खतरनाक बाढी आएको बताइएको छ । एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पश्चिम युरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology