Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार

हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • २१:०१:२५ बजे
  • 826
    SHARES
  • हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार

    पोखरा । हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार भएका छन्।

    images

    याउ मा तेइको १९९ टेम्पल स्ट्रिटबाट जुवा खेलिरहेका क्रममा उनीहरु पक्राउ परेको डिमसम डेलीले जनाएको छ।

    अवैध रुपमा जुवा खेलिरहेको सूचनाका आधारमा विशेष प्रहरी टोली छापा मार्न खटाइएको थियो। शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार २७ वर्षका नेपालीले जुवा खेल्ने व्यवस्था मिलाएका थिए। अन्य पक्राउ पर्ने नेपाली दुई पुरुष भएको र अन्य दुई महिला भएको बताइएको छ।

    उनीहरुमाथि अवैध जुवा खेलेको साथै रोगको रोकथाम र नियन्त्रण गर्ने नियम उल्लंघन गरेको आरोप लागेको छ।

    समाचारका अनुसार उनीहरुबाट प्रहरीले २ हजार हङकङ डलर, ९ वटा तासको बिटा र पाँच वटा जुवा खेलाउने मेसिन जफत गरिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology