Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजय

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १०:१६:०८ बजे
  • 1.2K
    SHARES
  • एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजय

    पोल्याण्ड/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै बिजयी भएको छ।

    images

    एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९  मत सहित विजयी भएका छन्।अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्।

     डा• उदयदेव आचार्य संयोजक रहेको निर्वाचन समितिले सार्वजनिक गरेको  निर्वाचनको परिणाम अनुसार आइसीसी सदस्यमा गोपाल राईले २३५ मत प्राप्त गरी विजयी भएका छन् भने राईका प्रतिद्वन्दि टोप बहादुर गैरे छेत्रील १११ मत प्राप्त गरेका छन्।त्यसैगरी उपाध्यक्षमा कविन्द्र सुवेदी २२२ मत प्राप्त गरी विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार भिम परियारले १२३ मत प्राप्त गरेका छन्। यसैगरी महासचिवमा पवन खड्का २०४ मत सहित विजयी भएका छन् भने महासचिवका अर्का उम्मेदवार सुसन परियारले १३१ मत पाउन सफल भएका छन्।

    यसैगरी  कोषाध्यक्षमा अनिल थापाले २२४ मत प्राप्त गरी बिजयी भएका छन् भने कोषाध्यक्षका पराजित उम्मेदवार सुरेन्द्र प्रसाद आचार्यले ११८ मतमा चित्त बुझाउनु पर्यो। भने  सचिव पदमा कुलबहादुर श्रेष्ठले २०५ मत प्राप्त गरी विजयी भएका छन् भने सचिव पदका अर्का उम्मेदवार उदय राज गिरीले १४१ मत  प्राप्त गरे।

    त्यस्तै  युवा संयोजकमा विवेक पौडेलले २२७ मत सहित विजयी भएका छन् भने पौडेलका प्रतिस्पर्धी आशिष श्रेष्ठले ११३ मत मात्र प्राप्त गरी पराजित भएका छन्।तिन जना निर्वाचित हुने सदस्यमा भबिन्द्र गाहाले २०४, बिक्रम महर्जनले १८८ तथा भिमलाल उपाध्याय (बिदुर शर्मा ) ले १८८ मत प्राप्त गरी विजयी भएका छन् भने पराजित सदस्यहरु गणेश बोगटीले ११३ ,मुकुन्द हरि चालिसेले ११७ र लाल प्रसाद गिरीले १२४ मत प्राप्त गरेका छन्।प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल यस अघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।
     
    दुई प्यानल नै बनाएर चुनावमा गएका उम्मेदवारहरुमा मित्रलाल पार्दे  प्यानल क्लिन स्विप भएको छ।
     ४८२ जना रहेका एनआरएनए पोल्याण्ड पञ्जीकृत सदस्य मध्ये ३४९ जनाले मतदान गरेका थिए।

    p1.jfif

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology