Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न

एनआरएनए पोल्याण्डको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:२६:१२ बजे
  • 2.3K
    SHARES
  • एनआरएनए पोल्याण्डको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न

    पोल्याण्ड/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ।
     
    जुलाई १९ मा  सम्पन्न संघको छैठौं महाधिवेशनको निर्वाचनले आगमी   २०२१-२०२३ कार्यकालको लागि नयाॅ नेतृत्व चयन गरेको थियो।निर्वाचन समितिका संयोजक डा• उदयदेव आचार्यले नव निर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

    images

    निर्वाचनले अध्यक्षमा जिवन केसी, आइसीसी सदस्यमा गोपाल राई, उपाध्यक्षमा कविन्द्र सुवेदी, महासचिवमा पवन खड्का, कोषाध्यक्षमा अनिल थापा, सचिवमा कुलबहादुर श्रेष्ठ त्यस्तै युवा संयोजकमा विवेक पौडेल तथा सदस्यहरुमा भविन्द्र गाहा, बिक्रम महर्जन,भिमलाल उपाध्याय (बिदुर शर्मा) लाई निर्वाचित गरेको थियो।प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल भने सर्वसम्मत भएका थिए। 

    साथै आजै नयाॅ कार्यसमितिको पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ।निवर्तमान अध्यक्ष नरेश सापकोटाले नयाॅ अध्यक्ष जिवन केसीलाई संस्थाका माइन्युट लगायतका सम्पूर्ण कागजातहरु हस्तान्तरण गर्दे कोभिड-१९ लगायतका विभिन्न कारणले आफ्नो कार्यकालमा गर्न नसकेका कामहरु यो नयाॅ कार्यसमितिले गर्न सकोस् भनि शुभकामना दिए।आफू संस्थाको औपचारिक पदमा नरहे पनि सधैं संस्थासंगै रहने निवर्तमान अध्यक्ष सापकोटाले बताए।

     एनआरएनए आइसीसी सदस्य तथा निर्वाचन पर्यवेक्षक डा• बोधराज सुवेदीको प्रमुख अतिथिमा सम्पन्न सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा एनआरएनए पोल्याण्ड पूर्व अध्यक्ष गोपाल राई,प्रवासी नेपाली सम्पर्क मञ्च अध्यक्ष टंक कटुवाल, जनसम्पर्क समिति सभापति डा• एलिनी सुवेदी,इनास पोल्याण्ड अध्यक्ष रिता न्यौपाने,गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी लगायतले नयाॅ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए।

    निर्वाचन समितिका संयोजक डा•उदयदेव आचार्यको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य अनिल पौडेलले गरेका थिए भने कार्यक्रमको  सञ्चालन सदस्य सचिव आनन्द घिमीरेले गरेका थिए।

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology