Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हृदयघातका कारण कुवेतमै अस्ताए अमिर तामाङ

हृदयघातका कारण कुवेतमै अस्ताए अमिर तामाङ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ७, २०७८ बिहिवार • १६:०४:११ बजे
  • 3.3K
    SHARES
  • हृदयघातका कारण कुवेतमै अस्ताए अमिर तामाङ

    कुवेत - रोजगारीको सिलसिलामा कुवेत गएका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको छ। लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

    images

    लमजुङ जिल्ला बाट बसाई सराई गरी भानु नगरपालिका- ३, तनहुँमा बस्दै आएका तामाङ बिगत ५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत गएका थिए । तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए । तर उनी घर नफर्की कम्पनीबाट  भागेका थिए । उनी अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएको जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले मयूरपाटी लाई जानकारी दिनु भएको छ ।

    नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार 'अमिर तामाङको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आईसकेको छ । उनको हृदयघातका कारणले मृत्यु भएको पुष्टी भएको छ । मृतकको शव लाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको छ'।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology