कुवेत - सवारी दुर्घटनामा परी ३२ वर्षीय नेपालीको कुवेतमा मृत्यु भएको छ । सर्लाहीका राजिउल्लाहमोहम्मदको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
रोजगारका लागि कुवेत गएका राजिउल्लाह मोहम्मद हार्दिस पिज्जामा होम डेलिभरीका लागि बाइकड्राइभरको रुपमा काम गर्दै आएका थिए । ३२ वर्षीय ०९८७९९१० नम्बर राहदानी वाहक राजिउल्लाहमोहम्मदको १८ जुलाई २०२१ का दिन सवारी दुर्घटनामा मृत्यु भएको छ ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार 'मृतक राजिउल्लाहमोहम्मदको सवारी दुर्घटनामा मृत्यु भएको प्रारम्भिक जानकारी आईसकेको छ '। मृतकको शवस्वदेश पठाउनको लागि कानूनी प्रकृयाका काम अगाडी बढाई सकिएको मयूरपाटीलाई जानकारीदिनु भएको छ ।