Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुपाल्चोकका बाढी पीडित लाई प्रवासी नेपालीको आर्थिक सहयोग

सिन्धुपाल्चोकका बाढी पीडित लाई प्रवासी नेपालीको आर्थिक सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ८, २०७८ शुक्रवार • १४:३४:२२ बजे
  • 1.3K
    SHARES
  • सिन्धुपाल्चोकका बाढी पीडित लाई प्रवासी नेपालीको आर्थिक सहयोग

    सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१) बुधबारका दिन उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    images

    सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवासमाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट असार १ गते मेलम्ची नदीमा आएकोबाढीबाट पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्तविवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

    हेलम्बु गाउँपलिका वार्ड नं-४ का १४ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं-६का ९ परिवार,मेलम्चीनगरपालिकाका वार्ड नं-१० का १९ परिवार,पाँच पोखरी गाउँपालिका वार्ड नं-२ का १५ परिवारलाईप्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग गरिएको हो।मेलम्ची वार्ड नं-१० मा भने प्रभाबितकोसंख्या पहिले उपलब्ध गराइएको भन्दा बढी भए पछी प्रती परिवार ४ हजारको दरले आर्थिक सहयोगगरिएको हो। त्यसै गरी भौतिक संरच्नना र बजार सुरक्षित बनाउनका लागि मेलम्ची भ्यालीक्याम्पसका लागि ४० हजार र मेलम्ची बजार पुनर्निर्माण सरोकार समितीका लागि ५० हजार नगदसहयोग गरिएको थियो।

    त्यसै गरी सिन्धुपाल्चोक समाज–दक्षिण कोरियाले बाढी-पहिरोका कारण मृत्‍यु भएका मृतकका १४परिवारहरुलाई यस अघीनै प्रती परिवार १० हजार नगद सहयोग गराएकोमा छुट्नु भएकापाँचपोखरी-२का मृतक ठकुरी स्याङ्बो र जुगल गाउपालिकाका मृतकहरु गीता थापा अनी सुदिपथापा (आमा-छोरा)का परिवारलाई पनि प्रती परिवार १० हजारका दरले नगद सहयोग हस्तान्तरण गरिएको छ।

    यस अघी पनि बाढीबाट प्रभाबित हेलम्बु वडा नं. १ का २३, वडा नं २ का ४३, वडा नं. ३ का २६ र वडानं ६ का ९ परिवारलाई प्रती परिवारका पाँच हजारका दरले सहयोग गरिएको थियो।तेर्स्रे माबी-तालामाराङलाई ४० हजार,ईस्ट पोईन्ट एकेडेमी-ग्याल्थुङलाई ९० हजार,सरस्वती माबी-ग्याल्थुङलाई४० हजार तथा उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार यस अघीनै सहयोग गरिएको थियो।

    सहयोग हस्तान्तरणका लागि हेलम्बुका स्थानिय सामाजिक ब्यक्तित्वहरु कुमारप्रसाद लामिछाने, सोम तामाङ,रेडियो मेलम्चीका अध्यक्ष डम्बर रशिक भारती,बार्हबिसे-जुरेका सामाजिकब्यक्तित्व प्रदिप पौडेल, यूएई प्रतिनिधि हरी दुलाल र कुवेत प्रतीनिधी हरी कृष्ण न्यौपानेले सहजिकरण गरेका थिए।

  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology