Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ९, २०७८ शनिवार • ११:५६:२१ बजे
  • 1.7K
    SHARES
  • एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन

    कुवेत- गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं महाधिवेशन २३ जुलाई२०२१ का दिन जुम भर्चुअल माध्यम बाट सम्पन्न भएको छ । निवर्तमान उपाध्यक्ष रानाध्वज लामा अध्यक्ष पदमा निर्विरोध चयन भएका छन ।

    images

    निवर्तमान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसादभण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त, केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासचिव हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम, केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, मध्यपुर्व संयोजक प्रविनगुरुङ्ग, उपसंयोजक जोन आर्याल , मध्यपुर्व युवा संयोजक राज रेग्मी लगायत विभिन्न देशका प्रतिनिधि लगायत र कुवेतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार, बुद्धिजीवि, समाजसेवी लगायको उपस्थिति रहेको थियो।

    एनआरएनए कुवेतको २०२१ – २०२३ कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा अध्यक्ष लामा सहित आईसिसि सदस्यहरु हरि लावती र माधव पौडेल रहेको छन भने महासचिव पदमा पुन: मान बहादुर तामाङ नै निर्विरोध रुपमा चयन भएको छन । त्यसैगरी उपाध्यक्ष पदमा  टिका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा, सचिवमा जीवन कुमार विश्वकर्मार मनिश केसी पनि निर्विरोध चयन भएका छन ।कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश: प्रेम प्रसाद गुरुङ र सोनाम लामा, युवा संयोजकको लागि नवराज पराजुली र दामोदार बटाला चयन भएका छन।सह - युवा संयोजकको लागि आङ्ग नुर्बु शेर्पा निर्विरोध चयन भएका छन । महिला संयोजक र सहसंयोजकमा पनि रमिता योञ्जन सजिना गुरुङ क्रमश: चयन भएका छन । निर्वाचित र मनोनित १२ कार्यसमिति सदस्यहरुमा विजय धामी, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीतातिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी, सरोज बास्ताकोटी र जय नारायण माझी थारु निर्विरोध चयन भएका छन ।

    गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको २०१९-२०२१ सुजन केसीको नेतृत्वमारहेको कार्यसमितिले कोरोना महामारीको समयमा पनि उल्लेख्य काम गरेको थियो। नेपालीको लागिनेपाली मूल नारालाई आत्मसात् गर्दै कुवेतमा समस्यामा परेका नेपालीको श्रमिकको उद्वार र सहयोगको निम्ति विषम परिस्थितिमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदकुवेतले अग्र स्थानमा रहेर काम गरेको थियो । कोरोना महामारी विरुद्ध लड्न नेपाल सिलिण्डर पठाउनको लागि सहयोग संकलनको साथै विभिन्न प्राकृतिक प्रकोपमा पनि गैर-आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद कुवेतले राम्रो भूमिका खेलेको थियो।

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology