Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मैले तिमीलाई चिन्दैछु.....

मैले तिमीलाई चिन्दैछु.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • १८:४१:२१ बजे
  • 2.2K
    SHARES
  • मैले तिमीलाई चिन्दैछु.....


    साथी तिमी सम्झिने जिबनको तार बनेर आउ
    मानसपटलमा  दामी उपहार बनेर आउ

    images

    कुदृष्टी लगाउने जो कसैको अघिल्तिर पनि
    तिमि लाचार होइन जब्बर बार बनेर आउ

    यो चोला प्रकृतिले दिएको अनमोल उपहार हो
    ढिलासुस्ती नगरी जिबनको सार बनेर आउ

    राम्रोसँग सुन भन्नेको मुख छेक्न को सक्छ र?
    झुक्नु परोस् ती जालीलाई दमदार बनेर आउ

    मनमा कुनै ईर्ष्या भाव नराख्नु कहिल्यै तिमिले
    हृदयको गहिराइमा हीराको हार बनेर आउ


    सफाइ दिइराख्नु पर्दैन,मैले तिमीलाई चिन्दैछु
    भो भो बिश्वास अब गर्दैन,मैले तिमीलाई चिन्दैछु

    औँसीको रात जस्तै अँध्यारो मन लिएर जलेपछि
    मैन बत्तीले उज्यालो छर्दैन,मैले तिमिलाई चिन्दैछु

    अन्तर हृदयको आवाज भित्रभित्रै गुम्साएपछि
    जे भने पनि बिचार मर्दैन,मैले तिमीलाई चिन्दैछु

    आधा बाटो पुगेपछि तिमिले साथ छोड्ने भएपछि 
    निर्धो मान्छेले खोलो तर्दैन,मैले तिमीलाई चिन्दैछु

    थाहा छ मलाई,आँ गरेर जति आकाश कुरे पनि
    काँचो फल मुखमा झर्दैन,मैले तिमीलाई चिन्दैछु
                          कृष्ण थापा,तानसेन पाल्पा

     

  • सम्बन्धित विषय:

  • # मैले तिमीलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology