Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पत्रकार द्वारा कोभिड राहत कोषका लागि आर्थिक सहयोग

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पत्रकार द्वारा कोभिड राहत कोषका लागि आर्थिक सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १२, २०७८ मंगलवार • १९:२२:५७ बजे
  • 1.5K
    SHARES
  • पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पत्रकार द्वारा कोभिड राहत कोषका लागि आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले संचालन गरेको 'कोभिड राहत कोष' का लागि पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले ५० हजार आर्थिक सहयोग गरेको छ ।

    images

    नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय द्वारा कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई  सहयोग गर्ने उदेश्यले 'कोभिड राहत कोष' को स्थापना गरिएको हो ।

    नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजवाल लगाएतको उपस्थितिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका  निबर्तमान अध्यक्ष हरि कृष्ण न्यौपाने, निबर्तमान कोषाध्यक्ष प्रदिप नेपाली तथा प्रबासी नेपाली पत्रकार सन्जालका दामोदर नेपालले उक्त सहयोग रकम महासंघको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरेका थिए।

    उक्त सहयोग रकम साउन १२,२०७८ (जुलाई २३,२०२१) सोमबारका दिन हस्तान्तरण गरिएको हो।उक्त सहयोग हस्तान्तरण पछी महासचिब रोशन पुरीले बिदेशको ठाउँमा पसिना बगाउँदै नेपाली समाजका लागि पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पत्रकारहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद दिदै कोभिड राहत कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा सदुपयोग गरिने बताए।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology