Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड भ्याक्सिन लगाएको QR कोड सहितको सर्टिफिकेट नहुदा नेपाल बाट कुवेत प्रवेशमा थप समस्या

कोभिड भ्याक्सिन लगाएको QR कोड सहितको सर्टिफिकेट नहुदा नेपाल बाट कुवेत प्रवेशमा थप समस्या

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १२, २०७८ मंगलवार • २०:२७:४५ बजे
  • 1.3K
    SHARES
  • कोभिड भ्याक्सिन लगाएको QR कोड सहितको सर्टिफिकेट नहुदा नेपाल बाट कुवेत प्रवेशमा थप समस्या

    कुवेत बाट छुट्टीमा घर गएका नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणीकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको जुन सामान्य पेपरमा तयार पारिएको सर्टिफिकेटले थप अन्योलमा पारेको छ।

    images

    लामो समय देखि घर बिदामा गएर पछिल्लो पटक कुबेत सरकारले मान्यता दिएका मध्येका भ्याक्सिन लगाई कुबेत आउन तयार रहेका नेपाली दाजु भाइ दिदीबहिनीहरुले आफुले लगाएको भ्याक्सिनको सर्टिफिकेट कुबेत सरकारले दिएको लिंकमा अपलोड गर्नलाई समस्या रहेको बताएका छ्न ।

    नेपाल सरकारले तोकेको चारवटा हेल्थ सेन्टरबाट भ्याक्सिन लगाएको सर्टिफिकेट प्राप्त गरे पनिकुबेत सरकारले तोकेको QR कोड सहितको सर्टिफिकेट चाहिने भएपछि   त्यसको ब्यबस्थापन नहुनाले नेपालीलाई समस्या परेको  छ। अर्को कुरो प्रमाणित पनि स्वास्थ्य मन्त्रालय, श्रम तथा रोगगार मन्त्रालय र पररास्ट्र मन्त्रालयबाट  कुनबाट प्रमाणित गरे आधिकारिक मानिने हो । त्यसको पनि आधिकारिक जानकारी छैन ।

    यसै विषयमा नेपाली राजदुतावास कुबेतमा बुझ्दा 'कुबेत सरकारले नियम जारी गरेपछि हामीले त्यो प्रक्रिया अपनाउनु पर्छ। तसर्थ  नेपालीको लागि सहज बनाउन दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित निकायमा जानकारी गराएको साथै कुबेतमा दिइएको जस्तो QR कोड वाला सर्टिफिकेटको नमुना समेत पठाईएको बुझिएको छ । साथै यो प्रक्रियाको लागि सम्बन्धित निकायबाट  पहल शुरु भैसकेको जानकारी प्राप्त भएको छ । तर ट्राभलहरुले अहिलेसम्म टिकटबुकिङ शुरु गरेको छैन तसर्थ  भ्याक्सिन लगाईसकेका नेपाली कामदारहरु कहिले देखि कुबेत प्रवेश पाउँछन् त्यसका लागि केही दिन पर्खिनै पर्ने भएको छ'।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology