Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई ६ युनिट रगत उपलब्ध

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई ६ युनिट रगत उपलब्ध

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १४, २०७८ बिहिवार • २१:२१:१५ बजे
  • 2.9K
    SHARES
  • तमू समाज कुवेतको पहलमा मुना कार्की लाई ६ युनिट रगत उपलब्ध

    तमू समाज कुवेतको पहलमा अमिरी अस्पतालमा उपचाररत मुना कार्की लाई ए पोजेटिभ रगत ६ युनिट उपलब्ध गराएको छ ।

    images

    काठमाडौं बसुन्धरा घर भइ हाल अल-कुवैत कम्पनीमा कार्यरत मुना कार्की पहिले पनि २ पटक अस्पताल भर्ना भएकी थिइन । तर मुना लाई रगत उपलब्ध गराउन भने सकिएको थिएन । उनको उपचारको क्रममा मुटुको भल्बको शल्यक्रिया गर्नुपर्ने भएकोले डाक्टरद्वारा तुरुन्तै ए पोजिटिभ रगत ६ युनिट उपलब्ध गराउन भनेका थिए ।

    नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामांङले तमू समाजका भूतपूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार खोप गुरुङ लाई  रगत चाहिएको बारेमा खबर गरे पछि खोप गुरुङले ब्लड बैंक कुवेत संग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराएको हो । रगत उपलब्ध गराए पछि बिरामीको शल्यक्रिया पनि सफल भएको खोप गुरुङले जानकारी गराएका छन ।

    सम्पूर्ण रक्तदाताहरु संग रगतको नाता गासिएको छ । सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु, तमू समाजकुवेत परिवार र रगत उपलब्ध गराउन अहम भूमिका निर्वाह गर्ने तमू समाजका भूतपूर्व अध्यक्ष खोप गुरुङ तथा नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन ब. तामांङ लाई मुना कार्कीले विशेष धन्यवाद ज्ञापन गरेकी छिन ।

    तमू समाज कुवेतको पहलमा अहिलेसम्ममा १६ जना भन्दा बढी लाई रगत उपलब्ध गराईसकेको छ ।तमू समाज कुवेतका भूतपूर्व अध्यक्ष खोप गुरुङ भन्नु हुन्छ "सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ । जसले हाम्रो अभियानमा साथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रवासमा तपाईं हामीले गरेको ‘रक्त दान’ आवश्यक पर्दा तपाई हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको छ । मरभुमिको यो प्रवासमा विशेष गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍युवरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवम् प्रयास हो"।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology