Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोप लगाए पनि कतार प्रवेश गर्न होटल क्वारेन्टाइन अनिवार्य

खोप लगाए पनि कतार प्रवेश गर्न होटल क्वारेन्टाइन अनिवार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १०:१७:३४ बजे
  • 673
    SHARES
  • खोप लगाए पनि कतार प्रवेश गर्न होटल क्वारेन्टाइन अनिवार्य

    एजेन्सी । कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै त्यहाँको यात्रा नीतिमा परिवर्तन ल्याइएको छ । आउँदो सोमबार (२ अगष्ट) देखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य रुपमा होटल क्वारेन्टाइन बस्नुपर्ने ब्यवस्था गरिएको छ ।

    images

    कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भई निको भएका यात्रुले कतार प्रवेश गरेपछि २ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो गन्तव्यमा जान पाइने जनाइएको छ । कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आबासीय भिसा (करारी आईडी) वाहक यात्रुहरूले कतार प्रवेश गरेपछि अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

    दोहास्थित नेपाली दूतावासका अनुसार खोप नलगाएका पारिवारिक, पर्यटक वा बिजनेश भिसाका यात्रुहरूलाई कतारमा प्रवेश नदिइने जनाइएको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ । यसअघि कतारले जुलाई १२ तारिखबाट लागू हुने गरी मान्यता प्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको थियो ।

    कतार प्रवेश गर्न यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि–रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नु पर्ने कतारको ट्राभल एण्ड रिटर्न पोलिसीमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology