गैरआबासीय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दी बरंजाका मिम पुर्जा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर पुर्जा निर्वाचित भएका हुन् । एनआरएनए नेदरल्यान्डमा बरिस्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका पुर्जा मोना आईसिसिका पनि बरिष्ठ उपाध्यक्ष हुन् । उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र क्षत्री पदमले १८९ मत प्राप्त गरेका थिए । एनआरएनए नेदरल्यान्डको बरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ, महिला उपाध्यक्षमा सीता सापकोटा, महासचिबमा सीता क्षत्री, सचिबमा पेमा लामा र चन्दा खड्का, कोषाध्यक्षमा शुशिला बाँनिया, सहकोषाध्यक्ष रेखा घिमिरे, महिला संयोजकमा जमुना खड्का र युवा संयोजकमा निरज गुरुङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी , क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबास पराजुली, सुर्य श्रेष्ठ निर्वाचित भएका छन् ।
महाधिबेसनबाट आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्वाचित भएका छन् । अधिवेशनमा आफुलाई आफ्नो अमुल्य मतदान गरि आगामी सन २०२१–२०२३ को लागि गरिमामय अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण पंजीकृत सदस्यहरुलाई अध्यक्ष मिम पुर्जाले हार्दिक आभार तथा धन्यबाद ज्ञापन गरेका छन् । पुर्जाले सामाजिक अभियानमा कसैको पनि हार र जित नहुने बताए । ‘सामाजिक रुपान्तरणका लागि हामीले आफ्नो स्थानबाट हातेमालो गरि अगाडि बढ्नु पर्छ’, पुर्जाले भने–‘सहमतिको लागि धेरै प्रयास गर्दा पनि यसले मुर्त रुप दिन नसके पश्चात लोकतान्त्रिक पद्धतिबाट हामीले नेतृत्व चयनका लागि चुनावको माध्यम अवलम्बन गरेका हौं ।
मलाई भोट दिने सवै पंजिकृत सदस्यहरु तथा मेरो अनन्य मित्र तथा अध्यक्षका प्रत्यासी पदम बहादुर क्षेत्रीलाई मतदान गर्ने सवै पंजीकृत सदस्यहरुलाई धन्यबाद ।’ निर्बाचन सकिएपछि पक्ष विपक्षका र हार जितको अध्याय समाप्त भएको पुर्जाले बताए । हामीले नेपाली समुदायको वृहत्तर हितका लागि र एनआरएनको अन्तराष्ट्रिय अभियानलाई नयाँ शिरामा पुर्याउनको लागि सवैलाई हातेमालो गर्नको लागि आव्हान गरेका छन् । यस निर्वाचनमा विजेता तथा उपविजेता सवै प्रत्यासीहरुलाई आफ्नो विशेषज्ञताको आधारमा यस कार्यकाललाई सहयोग गर्नको लागि पुर्जाले अनुरोध गरेका छन् । अध्यक्ष पुर्जाले अधिवेशनलाई भव्य रुपमा सम्ंपन्न गराउने निवर्तमान कार्यसमिति, निर्वाचन समिति,एनआरएनए आइसीसीका पदाधिकारहरु र सवै नेपाली संघसंस्थाहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन ।