Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदको सचिवमा निमेष गिरीद्वारा उम्मेदवारी घोषणा

एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदको सचिवमा निमेष गिरीद्वारा उम्मेदवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १८:५३:४० बजे
  • 1.2K
    SHARES
  • एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषदको सचिवमा निमेष गिरीद्वारा उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको लागि यूएईका निमेष गिरीले उम्मेदवारी घोषणा गरेका छन् । सन २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी सन् २००६ मा एनसीसी कतारको कार्यसमिति सदस्य हुँदै निरन्तर संघको अभियानमा जोडिएका ब्यक्ति हुन् ।

    images

    मध्यपूर्वको यूएईलाई कार्यक्षेत्र बनाएका गिरी सन २००९ मा एनसीसी यूएईको सदस्य र सन २०११-२०१३ कार्यकालको लागि प्रवक्ता बनेका थिए । साहित्य र लेखनमा बिशेष रुची राख्ने गिरी सन २०१३ देखि हालसम्म पनि निरन्तर रुपमा एनसीसी यूएईको सल्लाहकार, विधान संसोधन समिती संयोजक, अनुशासन समिति संयोजक हुँदै अन्तरराष्ट्रिय टास्क फोर्सहरुमा बसेर संघलाई योगदान पुर्याएका छन् । हरेक अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदै आफ्नो कुरा सशक्त ढंगले राख्ने गिरीले प्रखर वक्ताको रुपमा समेत छवि बनाएका छन् ।

    संस्थाले राम्रो गरिरहेको छ तर विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ । मेरो उम्मेदवारी विजयको लागि हो, गिरीले भने, मध्यपूर्व र संसारभरका एनआरएन सदस्यहरुलाई सहयोगको लागि अनुरोध गर्दछु' । 

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology