Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्वाइस् अफ नेपालमा पाएको २५ लाखले शरणार्थीका लागि २ वटा एम्बुलेन्स किन्छुः किरण गजमेर

भ्वाइस् अफ नेपालमा पाएको २५ लाखले शरणार्थीका लागि २ वटा एम्बुलेन्स किन्छुः किरण गजमेर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २४, २०७८ आइतवार • १९:००:२७ बजे
  • 1.3K
    SHARES
  • भ्वाइस् अफ नेपालमा पाएको २५ लाखले शरणार्थीका लागि २ वटा एम्बुलेन्स किन्छुः किरण गजमेर

    गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको २५ लाख पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्। शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् ।

    images

    भोटका आधारमा उपाधि जितेका उनले २५ लाख रुपैयाँपाएका हुन् । विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्। ‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु।

    अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने। एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनोफानो भएको हो । हाल अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology