Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० वर्षसम्म मदिरा सेवन गर्नेलाई कलेजोको क्यान्सर हुने खतरा

१० वर्षसम्म मदिरा सेवन गर्नेलाई कलेजोको क्यान्सर हुने खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • १६:५४:५५ बजे
  • 1.3K
    SHARES
  • १० वर्षसम्म मदिरा सेवन गर्नेलाई कलेजोको क्यान्सर हुने खतरा

    पछिल्लो समय हेपाटाइटिस–सीको संक्रमणबाट पीडित हुनेहरुको संख्या बढ्दै गएको छ । विशेषज्ञहरूले यो संक्रमणले विस्तारै विस्तारै मानिसको मृत्यु गराउने बताएका छन् ।

    images

    यो भाइरसले अन्य थुप्रै रोगहरु निम्त्याउने भएकाले एकदमै खतरनाक मानिन्छ । यसको समयमा नै उपचार गरिएन भने कलेजोको सिरोसिस र क्यान्सरको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् । यो संक्रमणबाट पीडित बिरामीहरुको अवस्था बिग्रनुको पछाडिको मुख्य कारक तत्व भनेको नै मदिरा सेवन हो । अनुसन्धानमा प्रमाणित भएअनुसार जो व्यक्ति हरेक दिन ८० एमएलभन्दा बढी मदिरा सेवन गर्छ उसको कलेजोको क्यान्सर हुने सम्भावना ५ गुणा बढी हुन्छ ।

    भारतका फोर्टिस क्यान्सर इन्स्टीच्युटको अन्कोलोजी विभागका निर्देशक डा. राजीव बेदीले मदिराले हेपाटाइटिस–सीको संक्रमित व्यक्तिमा हिपेटोस्याल्युलर कार्सिनोमा नामक कलेजोको क्यान्सरको खतरा बढाउँछ ।

    भारतको म्याक्स हस्पिटलका अन्कोलोजिस्ट डा. गौतम गोयलका अनुसार पछिल्लो समय भारत लगायत देशहरुमा हेपाटाइटिस–सीको बिरामीको संख्या बढ्दै गएको छ ।

  • सम्बन्धित विषय:

  • # क्यान्सर हुने खतरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology