आबसिय नेपाली संघ क्षत्रिय समिती सेन्दाई जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 
जापान भर फैलिएको कोरोना संक्रमण र उपचारका लागी रगतको अभाबलाई मध्यनजर गर्दै सेन्दाईबासी नेपाली समुदायको साझा संगठन एनआरएनएको अगुवाई र रेडक्रस सोसाईटी जापानको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।रगत अभाबको कारणकसैको अकालमा ज्यान नजाओस भन्ने उदेश्यका साथ संम्भबत सेन्दाईमा पहिलो पटक बिदेशी संघ संस्थाको आयोजनमा रक्तदानकार्यक्रम गरिेएको एनआरएनए सेन्दाईका अध्यक्ष हरी गोपाल श्रेष्ठले बताउनु भयो। 
रक्तदान कार्यक्रममा नेपाली र जापानी समुदायका करिब ५३ जनाको सहभागिता रहेको र जसबाट करिब १९ लिटर रगत जम्मा भएको श्रेष्ठले जानकारी दिनु भयो।
तस्वीरहरु 












