नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि २७ अगष्ट २०२१ शुक्रबारको दिन हुने भएको छ। सरोकार समाज कुवेतको तेश्रो अधिवेशन कुवेतको हिजुल कवद यरियामा गर्न लागेको हो ।
कोरोना भाइरस (कोभिड-१९) ले विश्वव्यापी आक्रान्त पारिरहेको झन्डै डेढ वर्ष पछि पहिलो पटक कुवेतको नेपाली समाजमा सार्वजनिक रुपमै कार्यक्रम हुन लागेको हो । कोरोना महामारीको कारण सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी कार्यक्रम गर्न लागेको जनाएको छ।
अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास कुवेत, एनआरएनए कुवेत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, पत्रकार, नेपाली समाजका गन्यमान्य व्यक्ति व्यक्तित्व, खेलाडी, कलाकार सबैलाइ पत्राचार गरि सकिएको छ । यदी कुनै कारणवश पत्र प्राप्तनभएको भए यसै समाचारलाई आधार मानी कार्यक्रममा सहभागी भई शोभा बढाई दिनका लागि नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम लामाले अनुरोध गरेका छन् ।
नेपालको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आई कर्मथलो र जन्मथलो नेपालमा सामाजिक र मानविय सेवाका कार्य गर्ने उद्धेश्यले कुवेत नगरीमा सन २०१४ मा गठन भइ कृयाशिल रहि राजनीतिक, धार्मिक, क्षेत्रीय, जातीय कुनै भेदभाव नराखी अघि बढि रहेको यस संस्थाले विभिन्न किसिमले श्रमिक मैत्री भएर श्रमिक हक हितका कार्यहरू गर्दै आएको छ भने केहि समय अघि मात्रै पनि नेपाल कोरोना महामारीको दोश्रो लहरको कारण आक्रान्त भएको समयमा नेपाल कुवेत सरोकार समाजले मास्क सेनिटाइजसर संकलन अभियान गरि नेपालमा सहयोग पठाएको थियो ।
कार्यक्रमको विवरण
कार्यक्रमः नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन
मितिः सन २०२१ अगष्ट २७ तारिक शुक्रबार ।
स्थानः हिजुल कवद ब्लक १, स्ट्रीट १६, बिल्डिङ नं. ३८४ ।
समयः बिहान ११:०० बजे ।