Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए कुवेत र एफएनजे कुवेत बीच भेटघाट, एनआरएनए कुवेतको कार्ययोजना के-के छन त ?

एनआरएनए कुवेत र एफएनजे कुवेत बीच भेटघाट, एनआरएनए कुवेतको कार्ययोजना के-के छन त ?

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र ६, २०७८ आइतवार • ००:०१:१९ बजे
  • 1.5K
    SHARES
  • एनआरएनए कुवेत र एफएनजे कुवेत बीच भेटघाट, एनआरएनए कुवेतको कार्ययोजना के-के छन त ?

    एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ कुबेत शाखा बीच भेटघाट तथा छलफल सम्पन्न भएको छ।

    images

    एनआरएनए कुबेतको २०२१~२०२३ कार्यकालका नव निर्बाचित कार्यसमितिका अध्यक्ष राना ध्वज लामा, उपाध्यक्ष माधव शाही, महासचिव दिल कुमार पाख्रीन, महिला संयोजक रमिता योन्जन, प्रबक्ता केशर घलान र सल्लाहकार लोमश बास्तोला सहितको प्रतिनिधि र पत्रकारहरु बीच भलाकुसारी सम्पन्न भएको हो ।

    एनआरएनए कुबेतले अघि सारेका योजनाहरुको जानकारी गराउदै अध्यक्ष राना ध्वज लामाले हामीले सामुहिक कार्यलाई प्राथमिकता दिदै बिभिन्न उपसमिति गठन गरेका छौ। जसले काम गर्न सहज होस्‌ र सार्थकता पाहोस भन्ने हो, हामी हरबखत प्रबासी नेपालीको दुख पिडामा मलम लगाउन साथ्‌ रसहयोगमा तत्पर छौ । तर समस्या बताउना साथ्‌ एनआरएनएले एकै दिनमा समाधान गर्छ भन्ने जसरी कल आउने म्यासेज आउने दवाब आउने बताउदै अध्यक्ष लामाले समस्या पहिचान गर्न त समय चाहियो नी त्यस बारेमा बुझिदिन सबैमा आग्रह गरेका छन। मुख्य समस्या केहो पहिचान हुनासाथ एनआरएनएबाट गर्न सकिने भए तत्काल प्रक्रिया अघि बढाउने नत्र नेपाली दुताबास, सम्बन्धित निकायमा समन्वय गर्दै समाधान गर्न तिर सक्रिय रुपमा लाग्नै छौ उनले थपे |

    काम गर्दा हुनी कमि कमजोरी औल्याउँन पत्रकारहरुलाई आग्रह गर्दै कुबेतमा रहेका ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, नेपाली रेस्टुरेन्टहरुमा एनआरएनए कुबेतको सदस्यता लिएका नेपालीलाई बिशेष छुटको ब्यबस्था मिलाउन आफुहरुले अभियान शुरु गरेको बताउदै अनलाइन श्रम स्वीकृति, घर बिदामा गएका नेपालीहरुलाई सहज रुपमा कुबेत फर्किने बाताबरण बनाउन नेपाली दुताबास र समबन्धित निकायलाई समेत अनुरोध गरेको अध्यक्ष लामाले जानकारी दिएका थिए |

    महासचिव दिल कुमार पाख्रीनले २०२१-२३ कार्यकालमा नेपाल २ वटा प्रोजेक्ट दिने सस्थागत निर्णय भएको जानकारी दिदै शिक्षा र स्वास्थ्य केन्द्रित हुने र कार्यन्वन गरिने बताए धन्नै २ हजार माथि एनआरएनएको सदस्यता लिएका र सिंगो कुबेतबासी नेपालीहरुलाई एनआरएनए आफ्नो महसुस हुने गरि कार्य गर्न आफुहरुले योजना बनाएको महासचिव पाख्रीनले बताए ।

    सोही अवसरमा पत्रकारहरु बिबिन्न बिषयमा जिज्ञासा राख्दै आगामी दिनमा हातेमालो गरेर अघिबढ्न सुझाव दिएका थिए भने एनआरएनए कुबेतले गर्ने गर्ने गतिबिधिमा सामेल गराएमा वा सुचना उपलब्ध गराएमा सिंगो कुबेतबासी नेपालीलाई जानकारी प्राप्त गर्न सहजहुने बताएका थिए | अत्यन्तै सकारात्मक रुपमा सम्पन्न छलफलमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा, सह सचिव हरि बानियाको संचालनमा भएकोथियो भने र उपाध्यक्ष राज मल्लले स्वागत गरेका थिए ।

    साभार - तितोपाटी

     

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology