मोरङ जिल्ला, बुढी गङ्गा गाउँपालिका वार्ड न. ७ (डङ्ग्राहा टोल) घर भइ रोजगारीको सिलसिलामा कुवेत गई गत दुई हप्ता पहिला झुन्डिएर आत्महत्या गरेकी द्रोपती चौधरीको शव एनआरएनए कुवेतको विशेष पहलमा आज नेपाल आउदै छ ।
एनआरएनए कुवेतले कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु बाट ३८५ कुवेती दिनार आर्थिक सङ्कलन गरी नेपाली दूतावास कुवेतलाई बुझाए पछि उनको शव आज पठाउन लागिएको एनआरएनए कुवेतका प्रवक्ता केशर घलान तामाङले जानकारी दिनु भएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खन्डमा मृतकको शव तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा अलपत्र परेको शव पठाउन एनआरएनए कुवेतले आर्थिक सहयोग सङ्कलन अभियान संचालन गरेको थियो।
मृतक द्रोपती चौधरी करीब ४ वर्ष पहिले भारत हुदै अवैधानिक बाटो बाट लुकिछिपी घरेलुकामदारको रुपमा कुवेत आएकी थिइन । मृतकको शव नेपाल पठाउनको लागि आर्थिक सहयोग गर्नु हुने तमाम सहयोगी हातहरुलाई गैर आवासीय नेपाली संघले हार्दिक धन्यवाद प्रकट गरेको छ ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालले मृतक द्रोपती चौधरीको शव पठाउनको लागि सम्पूर्ण कागजात तयार गरी आज (अगस्ट-२२,२०२१) राती १० बजे नेपाल पठाउन लागिएको जानकारी दिनु भएको छ ।
सहयोगी महानुभावहरुको नामावली निम्न रहेको छ ।


File photo