Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु

अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १७:०८:३७ बजे
  • 901
    SHARES
  • अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु

    पोखरा। अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययनको लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको  यसै सातामा विभिन्न कारण मृत्यु भएको हो ।

    images

    दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलियाको पर्थमा गएका रामेछाप स्थायी घर भएका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

    तामाङ र लेखकले उपचारको क्रममा अस्पतालमै ज्यान गुमाएका हुन भने एक महिला आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी हुन् ।

    अध्ययनको लागि पर्थ पुगेका तामाङ केही दिनदेखि बेहोस अवस्थामा रहेको र उनको सोही स्थानको एक स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्तिम संस्कारको लागि तामाङको शव नेपाल पठाउन एनआरएन तथा स्थानीय संघ संगठनहरुले तयारी गरिरहेका छन ।

    यस्तै लिभरकी बिरामी रश्मी लेखकको पनि उपचारकै क्रममा निधन भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology